असार २५
नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । बुधबार केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले खनालमाथि कारबाही गरिएको पत्र लुम्बिनी प्रदेश समितिलाई पठाउनुभएको थियो ।
पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरिएको आरोपमा खनाललाई कारबाही गरिएको हो । २०७९ सालको संघीय तथा प्रदेशसभा निर्वाचनका क्रममा खनालले पार्टी उम्मेदवारलाई असहयोग गरेको भन्दै कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीले अनुशासन समितिमा उजुरी दिनुभएको थियो ।
यसबारे अनुशासन समितिले खनालसँग स्पष्टीकरण मागेको थियो । तर, उनले दिएको जवाफ चित्तबुझ्दो नलागेको समितिको निष्कर्ष छ ।
नवलपरासीको बर्दघाट नगरपालिका– १० निवासी खनाल कांग्रेसका नेता डा. शेखर कोइरालानिकट हुनुहुन्छ ।
