ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

काठमाडौं,२३ साउन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवका दिनमा प्रधानमन्त्री नबन्ने घोषणा गर्नुभएको छ । म घोषणा गर्छु,सत्ता निर्माणको खेलमा अल्मने छैन। मंगलबार विराटनगरमा आयोजित प्रशिक्षणमा त प्रचण्डले अवसर आए पनि यो संसदीय कार्यकालभर आफू प्रधानमन्त्री नबन्ने घोषणा गर्नुभएको हो । प्रधानमन्त्रीबाट हटेपछि पार्टी गतिविधिमा फर्केका प्रचण्डले पछिल्ला कार्यक्रमहरुबाट सत्ता निर्माणको खेलमा नअल्मलिने बताइरहनुभएको छ ।
नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको वर्तमान सरकार लामो समय नजाने अनुमान गर्दै प्रचण्डले भन्नुभयो । ‘सरकारमा जाने सम्भावना भएपनि म जादिनँ, पार्टीकै अर्कै साथीलाई सरकारको नेतृत्व गर्न पठाउँछु,उहाँको भनाई छ ।
माओवादी कमजोर बन्नुमा विभाजन नै मुख्य कारण भएको उहाँले प्रशिक्षण कार्यक्रममा सहभागि नेता कार्यकर्तालाई सुनाउनुभयो। तर ‘माओवादी अब बन्दैन’ भन्ने भाष्य परिवर्तन गर्न सम्भव रहेको र आफू त्यसमा लागिपरेको प्रचण्डले बताएका छन् । पार्टी पुनर्निर्माणको प्रतिवद्धताकै क्रममा प्रचण्डले फेरि प्रधानमन्त्री बन्ने प्रतिवद्धता गर्नुभयो ।
नेताहरुका अनुसार प्रचण्डमाथि पार्टीभित्र परेको दबावका कारणले सत्ताको खेलमा नअल्मलिने र अवसर आए पनि आफू प्रधानमन्त्री नबन्ने घोषणा गर्नुभएको हो ।
विराटनगरबाट फर्केपछि बुधबार केन्द्रीय मूख्यालय पेरिसडाडाँमै आयोजित एक कार्यक्रममा पनि प्रचण्डले यो कार्यकाल प्रधानमन्त्री नबन्ने र पार्टी निर्माणमा जुट्ने अभिव्यक्ति दोहोर्‍याउनुभएको छ । ‘

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *