सुशील बस्नेत
दाङ,८ जेठ
नेकपा एमालेको १४ अधिबेशनबाट शिबकुमार आचार्यको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरिएको छ ।
वर्तमान अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकी बिच सहमति जुट्न नसक्दा अधिबेसन ३ दिन सम्म लम्बिएको थियो । नेकपा एमालेका महासचिव शंकर पोख्रेलको गृह जिल्लाबाट सर्वसम्मतको संन्देश दिन निकै लामो मेहनत र कसरतपछि नेकपा एमाले दाङले पुराना नेता शिबकुमार आचार्यलाई नेतृत्व सम्मालन सर्वसम्मत निर्णय गरेको हो । जिल्लाको उपाध्यक्षमा मनोहर बुढाथोकी,सचिवमा श्याम डाँगी, उपसचिवमा भुवनेश्वर पौडेल र सिता चौधरी चयन हुनुभएको छ ।
त्यस्तै जिल्ला कार्यसमितिमा तुलसीपुरबाट ः विकास नेपाली, शिव परियार, मंगल विक, गौरी नेपाली, युवा सुनार, सन्तोष वली, माधव वली, मोहन पौडेल, संगीत बस्याल, देवु बस्नेत, गायत्री डाँगी, गंगा वली, सुशिला नेपाली, तुल्सा डाँगी, बसन्त सापकोटा, पुस्पा लामिछाने, उषा अधिकारी खरेल, रामप्रसाद चालिसे, भिमबहादुर योगी, डिल्लीबहादुर डाँगी, बालकृष्ण राना, नवराज लामिछाने, अमर खड्का र रिता नेपाली चयन हुनुभएको छ ।
घोराहीबाट जिल्ला कार्यसमितिको सदस्यमा हिमा विक, कुमारी चौधरी, पशुपती चौधरी, माया रावत, विष्णु कालाथोकी, गिता स्वर्णकार, प्रतिज्ञा अधिकारी, पार्वती नेपाली, बसन्त बस्नेत, लक्की लामा, भक्तबहादुर केसी, गोकर्ण वली, टंक सुनार, पोषण नेपाली, विकास चौधरी, सुदन केसी, कुलबहादुर लामिछाने, दोर्णबहादुर बहकरी, प्रेमबहादुर बुढा, भानसिं बुढा, दोर्ण पाण्डे, जगलाल चौधरी, मानबहादुर विक, प्रविण पुन, देउमन दमाई, केशवराज आचार्य र कृष्ण घर्ती हुनुहुन्छ ।
बंगलाचुलीबाट ः सरस्वती कुमारी घर्ती, सरस्वती कुमारी घर्ती, हेमराज पुन, गिरबहादुर कँवर, बेदप्रकाश जिसी ,गढवा गाउँपालिकाबाट सदस्य पदमा सानुनारायण अधिकारी, मोहन बुढा, दामोदर ढुङ्गाना, मघा चौधरी, केशरी गिरी, बावुराम अधिकारी चयन हुनुभएको छ ।
जिल्ला कार्यसमितिमा राप्ती गाउँपालिकाबाट हरि बेल्वासे, धर्मराज अधिकारी, प्रेमबहादुर केसी, गोमाया केसी खत्री, रामपती चौधरी र पुष्पराज अधिकारी ,राजपुर गाउँपालिकाबाट ः सिता यादव, गोविन्द विक, धनमाया चौधरी, कमला परियार र मुना बहादुर खड्का हुनुहुन्छ ।
लमहीबाट ज्ञानराज नेपाली, गोमा बस्नेत, सिता चौधरी, भुमाण्डव केसी, सितल भुषाल, मनोजकुमार पुन र शिवराज गिरी,दंगीशरणबाट भागीराम चौधरी, एम एन शाह, गणेश आचार्य, सुमित्रा विक, रेशम वली र यसोदा घिमिरे,शान्तिनगर गाउँपालिकाबाट ः धनबहादुर केसी, मुकुन्द जिसी, मित्रलाल बागचन्द, बेलमती रावत र सरीता थापा र बवई गाउँपालिकाबाट ः टेकबहादुर वली, नन्दलाल वली, डिल्लीबहादुर बुढाथोकी, प्रेमबहादुर राम्जा, शोभीकुमारी खड्का, शान्ता विक, चन्दा वली सर्वसम्मत जिल्ला कार्यसमितिमा चयन हुनुभएको छ ।
जनजातीतर्फ ः मंगल चौधरी, इश्वर बुढा, बसन्ती चौधरी र दिनेश श्रेष्ठ,खुल्ला तर्फ विष्णु केसी, विवेक श्रेष्ठ, भुवन चौधरी र युवराज ज्ञवाली,महिला तर्फ मेनका देवी रेग्मी, लक्ष्मी शर्मा, सरस्वती खत्री, रेखा केसी र गीता पौडेल चयन हुनुभएको छ ।
लेखा आयोगतर्फ खिमबहादुर डाँगी, गणेश दहाल, रामप्रसाद गौतम, रामप्रसाद पोखरेल, मोहनराज आचार्य, पुष्पा नेपाली र पद्मा चौधरी जिल्ला कार्यसमितिमा चयन हुनुभएको छ । त्यस्तै,अपांग तर्फ दोलक खत्री,मुस्लीम तर्फ साजिद मिया र मजदुरको तर्फबाट खगेन्द्र बहादुर वली नेकपा एमाले जिल्ला कार्यसमितिको सदस्य पदमा सर्बसम्मत हुनुभएको उक्त पार्टीले जनाएको छ । गत शनिबार नेकपा एमालेका महासचिव शंकर पोख्रेलले अधिबेशनको उद्घाटन गर्नुभएको थियो । लामो रस्साकसीका बिच ३ दिनको लामो प्रयत्न पछि सहमितमा जिल्ला कमिटि सर्बसम्मत चयन भएको छ ।