राप्रपाको प्रदर्शनमा झडप

By Sushil Basnet २७ चैत्र २०८०, मंगलवार ०९:३४ २७ चैत्र २०८०, मंगलवार ०९:३४ २७ चैत्र २०८०, मंगलवार ०९:३४

२७ चैत, काठमाडौं ।

सडक प्रर्र्दशनमा उत्रिएको राप्रपाको प्रदर्शनमा प्रहरीसँगको झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

४० बुँदे माग राखेर प्रदर्शन गर्ने पक्रममा प्रहरीसँग झडप हुँदा राप्रपाकाका १४ जना घाइते भएको र दुई जनालाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी दीपक थापाले जानकारी दिए ।
उनका अनुसार झडपका क्रममा प्रदर्शनकारीले ढुंगा हान्‍ने र निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले राप्रपाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको हो ।

प्रदर्शनकारीमाथि सुरूमा प्रहरीले सुरुमा पानीको फोहोरा हानेको थियो । तर, प्रदर्शनकारी नरोकिएपछि लाठी चार्ज गरेको छ ।
राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका छन् । निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *