रास्वपाको निर्णय,अनियमितता गर्नेलाई पार्टीबाट निस्कासन गर्ने

By Sushil basnet ४ चैत्र २०८०, आईतवार ०४:२८ ४ चैत्र २०८०, आईतवार ०४:२८ ४ चैत्र २०८०, आईतवार ०४:२८

काठमाडौं, ४ चैत ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अनियमितता गर्नेहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गर्ने भएको छ ।
आज बसेको बैठकले सरुवा, बढुवा वा नियुक्तिमा अनियमितता गर्नेहरुलाई साधारण सदस्य समेत नरहने गरि कार्याबाहि गर्ने निर्णय गरिएको पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो ।
आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको छ । सो समूहमा सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुलाई राख्ने रास्वपाले जनाएको छ ।

पार्टी र मन्त्रीहरुबीच समन्वय गर्ने उद्देश्यले गठन गरिएको समन्वय समितिको आइतबार बिहान बसेको बैठकले मन्त्रीहरुको काम प्रभावकारी बनाउन विज्ञ समूह बनाउने निर्णय गरेको रास्वपाका महामन्त्री तथा प्रवक्ता ढकालले बताउनुभयो ।
वर्तमान सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री हुनुहुन्छ । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बन्नुभएको छ ।
मन्त्रीहरु र पार्टीबीच समन्वय गर्न डा। स्वणिर्म वाग्लेको नेतृत्वमा महामन्त्री ढकाल र शिशिर खनाल रहेको समन्वय समिति गठन गरिएको छ । समितिको सचिवको जिम्मेवारी शिशिर खनाललाई दिइएको छ । यो समितिको बैठक प्रत्येक आइतबार बस्ने गर्दछ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *