ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

काठमाडौं, फागुन २५

नेकपा एमालेले वैशाख पहिलो सातामा महाधिवेशन प्रतिनिधि परिषद् बैठक बोलाएको छ ।
आगामी बैशाख ८ र ९ गते बस्ने गरी महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको हो । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको २९ औं सचिवालय बैठकले पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको हो।
एमालेमा करिब २२ सय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य छन्।
पार्टी स्थापनाको ७५ औं वर्षगाँठ मनाउँने सन्र्दभ पारि देशभरबाट अगुवा कार्यकर्ता बोलाउने निर्णय पनि गरिएको महासचिव शंकर पोखरेलले जानकारी गराउनुभयो ।
एमालेले वैशाख १० गते ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा ७५ औं पार्टी स्थापना दिवस मनाउने निर्णय केन्द्रीय कमिटीको बैठकबाट गरेको थियो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *