दाङ, १३ फागुन ।

निर्वाचन आयोगले २०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने घोषणा गरेको छ। नेपाल सरकारसँगको परामर्शमा निर्वाचन आयोगले उपनिर्वाचन मिति घोषणा गरेको हो। आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालले २०८१ वैशाख १५ गते शनिबार इलाम र बझाङमा उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ। इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ।

२०७९ मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी हुनु भएको थियो । नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ। प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ। त्यस क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी हुनु भएको थियो । उहाँको दुर्घटनामा निधन भएको थियो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *