राप्ति उपत्यका,१७ फागुन
लुम्बिनी प्रदेशले पारित गरेको लैङ्गिक समानता बिधेयक २०८० का सम्बन्धमा नीति संवाद भएको छ ।
लैङिक नीतिमा उल्लेख गरिएका सवालमा सहभागी हरुले प्रतिकृया दिएका छ्न । आफुहरुका अधिकार समाबेश गरिदिन उनीहरुले आग्रह गरिरहदा नीति संवादमा सहभागी सामाजिक बिकाश मन्त्री चन्द्रकेश गुप्ताले सबैका भावनालाई सम्बोधन गरिने प्रतिवद्ता जनाउनु भयो । सोहि अवसरमा लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्यालले यो नीति संवादमा आएका सवाललाई कार्य योजनामा समाबेश गरिने प्रतिवद्वता जनाउनु भयो ।
यौनिक तथा अल्पसख्याक समुदायका आनिक राना, अपाङताबाट हुमाकान्त कडेल र देवा डाङी, दलित बाट बादि समुदायका निर्मल बादी नेपाली, गन्धर्ब समुदायबाट शालिकराम गन्दर्भ र सुशील गन्र्दभ, युवा करारा,मगर समुदायका ईराधा झाक्रि मगर र मन बहादुर पुन, महिला समुदायबाट रिमा बिसी र सुष्मा गिरी,कुमाल समुदायबाट प्रेम कुमाल, मुस्लीम समुदायका साजिदा सिद्धिकी, थारु समुदायका प्रकाश चौधरी र क्रकट चौधरी, मधेसी समुदायका जगतराम यादव र धनपति यादव, संसदिय मामिला पत्रकार लुम्बिनी प्रदेशका उपाध्यक्ष पत्रकार केपी घिमिरे, युवा सन्जालका बाशुदेव न्यौपाने लगायतले लुम्बिनी प्रदेशले पारित गरेको लैङिक समानता नीति २०८० मा आ आफ्ना समुदायको अधिकार सुनिश्चित गर्न माग गर्नुभएको थियो ।सो अवसरमा सामाजिक बिकाश मन्त्रालयको सामाजिक बिकाश महाशाखा प्रमुख शारदा बेल्बासे बस्यालले पारित नीतिका सवल पक्षको बारेमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै लैङिगक नीतिका जानकार ज्ञानु पौडयाल र सामाजिक अभियान्ता लक्ष्मी चौधरीले लैङिक नीति र सामाजिकरणका बारेमा धारणा राख्नु भएको थियो ।
नीति संवाद कार्यक्रममा संवाद समुहले तयार पारेको अबस्था बिश्लेषण प्रस्तुति बरिष्ठ अधिबक्ता बिष्णुमणि धितालले गर्नुभएको थियो । स्वागतमन्तब्य सहजकर्ता बिक्रम खडका र सहजिकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो । यस अघि कर्णाली प्रदेशले तयार पारेको तर ५ बर्षदेखि पारित हुन नसकेको दलित बिधेयकका सम्बन्धमा गत फागुन १५ गते बिरेन्द्र नगर सुर्खेतमा नीति संवाद गरेको थियो ।

