ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

राप्ती उपत्यका,भालुवाङ ,२३ फागुन, ।
नेकपा माओबादी केन्द्रका तर्फबाट मन्त्री बनेका दुई जनालाई बर्खास्त गरेको केही घण्टामा लुम्बिनीमा माओवादी केन्द्रले मुख्यमन्त्री मन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारुले समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र मुख्यमन्त्रीको सचिवालयमा बुझाएको जानकारी दिनुभयो ।
१० दल र एक स्वतन्त्र सांसद सहित ८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका ११ सांसद छन् । माओवादीले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्रीको पक्षमा बहुमत कायमै छ ।
माओवादीबाट धनबहादुर मास्की राना र कृष्णा केसी मन्त्री हुनुहुन्छ ।
माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री चौधरीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ ।
गत वर्ष वैशाख १४ गते ८ दल र एक स्वतन्त्र सांसद गरी ५३ सांसदको समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३र३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको थियो ।

केन्द्रमा बनेको सत्ता गठबन्धनका ४ दलमध्ये लुम्बिनी प्रदेशसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन । ८७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन बहुमतका लागि ४४ सांसद चाहिन्छ ।
सबैभन्दा ठूलो दल नेकपा एमालेका २९, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका ३ सांसद छन् । नयाँ गठबन्धनमा रहेका तीन दलका सांसद संख्या ४३ मात्र हुन्छ । अर्थात बहुमत पुग्न एक सांसदको कमी हुने अवस्था छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *