दाङ , १३ फागुन ।
लुम्बिनी प्रदेश सभाका सदस्य कपिलवस्तु क्षेत्र नं. ३ (१) निर्वाचन क्षेत्रबाट निर्वाचित जानकीप्रशाद यादव पदबाट निलम्बित भएका हुन । लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सार्वजनिक रुपमा सूचना जारी गर्दै यादबलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको उल्लेख गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा यादब बिरुद्ध कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको मुद्दा दायर गरेको थियो । अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको अवस्थामा त्यसको अन्तिम किनारा नलागेसम्मका लागि यादबलाई निम्बलन गरिएको हो । यस्तो मुद्दा दायर भए पछि कुनैपनि राष्ट्रसेवक मुद्दाको किनारा नलागे सम्मका लागि स्वतः निलम्बनमा रहने ब्यबस्था छ ।

