ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

कांग्रेस एमाले सरकारविरूद्ध राप्रपाले खबरदारी सभा गर्ने

पुस १०
नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको सरकार ६ महिना नपुग्दै असफलताउन्मुख रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खबरदारी सभा गर्ने भएको छ।
प्रवक्ता मोहन श्रेष्ठले मंगलबार विज्ञप्ति निकालेर पार्टीले आफ्ना पक्षमा जनमत सिर्जना गर्न र आन्दोलन तयारी गर्न पुस र माघ महिनाभर प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधका कार्यक्रम र खबरदारी सभा गर्ने निर्णय गरेको उल्लेख गर्नुभएको छ ।
‘एमाले कांग्रेस गठबन्धन सरकार ६ महिना नपुग्दै असफलतातर्फ उन्मुख भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संसदको पहिलो र दोस्रो दल सम्मिलित सरकार पनि जनतामा उत्साह पैदा गराउन असफल रह्यो।’
राप्रपाले कांग्रेस र एमालेले गत असार १७ मा गरेका ७ बुँदे सहमतिमा उल्लेख रहेको संविधान संशोधनको कुरा पनि उप्काउँदै यसमा गम्भीर हुन आग्रह गरेको छ।
राप्रपाले सहकारी पीडितका समस्यामा गम्भीर बन्न सरकारलाई आग्रह पनि गरेको छ।
सहकारीको बचत रकम हिनामिना गर्ने जोकोहीलाई कानुनी कारबाही दायरामा ल्याउन पनि राप्रपाले सरकारलाई आग्रह गरेको हो।
साथै बचतकर्ताको बचत फिर्ता सुनिश्चित गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *