ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत राजनीतिक प्रतिबेदन सुझाब सहित पारित

कात्तिक १

एमाले केन्द्रीय कमिटीको हिजो सम्पन्न दशौँ पूर्ण बैठकले २२ बुँदे प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत देशको राजनीतिक परिस्थिति र पार्टीको नीतिसम्बन्धी विशेष प्रस्ताव र समसामयिक राजनीतिक प्रतिबेदन सुझाब सहित पारित गरेको हो ।
पारित प्रस्तावमा गएको भदौ २३ गतेको जेन–जी प्रदर्शन, संसद् भवनमा आगजनी, गोली प्रहार, भदौ २४ मा भएको घटना, वर्तमान अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन, छानबिन आयोग, शान्ति सुरक्षा, सुशासन, चुनावलगायतका विषय समेटिएको छ ।
बैठकले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ बनाउँदै देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन राजनीति दलहरू र आमनागरिकलाई आह्वान गरेको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
ललितपुरमा तीन दिनसम्म चलेको बैठकमा केन्द्रीय कमिटीका दुई सय ३३, प्रदेश कमिटीका अध्यक्ष आठ, पोलिटब्युरोका ४६, स्थायी कमिटीका २१, केन्द्रीय निकायका तीन र पदाधिकारी १७ जना सदस्यले सुझावसहितको मन्तव्य राख्नुभएको थियो ।
बैठकमा चार आयोग अनुशासन आयोगका अध्यक्ष केशव वडाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, लेखा परीक्षण आयोगका अध्यक्ष डा। पुष्प कँडेलले आफ्नो मन्तव्यसहित सुझाव राख्नुभएको थियो । बैठक समापन गर्दै अध्यक्ष ओलीले आफू सदैव पार्टी एकताको पक्षमा रहेको स्पष्ट गर्दै अहिलेको सङ्कटको समाधान र लोकतन्त्रको रक्षामा लाग्न आह्वान समेत गर्नुभएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *