आश्विन ४
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्ष १५ असोजदेखि समानान्तर महाधिवेशनको तयारीमा जुटिरहेका बेला उनको गृहजिल्ला डडेलधुरामा भने भोलि सबै वडामा अधिवेशन हुने भएको छ । जिल्ला सभापति भीमबहादुर साउँदले सातवटै पालिकाका ५२ वडामा अधिवेशनको तयारी पूरा भएको बताए ।
‘आज कुनै पनि वडामा अधिवेशन भएको छैन, भोलि सबै ५२ वटै वडामा अधिवेशन हुन्छ,’ साउँदले भने । उनका अनुसार जिल्ला कार्यसमितिले केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार वडा अधिवेशन गर्न मातहतका समितिलाई निर्देशन दिएको छ । डडेलधुरामा ७ पालिका र ५२ वडा छन् ।

