ब्रेकिङ न्युज
Thu. Sep 24th, 2026

असोज ७ गते

नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दै छ । १५ औ महाधिबेशन अन्तर्गत हरेक पालिकामा पाँच पदाधिकारी चयन गरिने छ । नयाँ बिद्यान र निर्वाचन निर्देशिकाअनुसार जसमा सभापति, एक महिलासहित दुई उपसभापति, सचिव र सहसचिव निर्वाचित हुनेछन्।कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान छ ।
वडा अधिवेशन देशभर सम्पन्न भइसकेको छ भने बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडामा पनि मङ्गलबार अधिवेशन सकिएको छ।
यसअघि कांग्रेसले वडा अधिवेशन गरेको थियो । केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मङ्गलबार अधिवेशन सम्पन्न भएको छ ।
बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
त्यस्तै, मधेश प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *