तुलसीपुर, १९ असार
नुनको मूल्यमा केही बृद्धि भएको छ । साल्ट टेडिङ कर्पोेरेशन लिमिटेड लि.बाट बिक्री बितवरण भईरहेको नुनको मंगलबार गयराति १२ बजेदेखि लागू हुने गरि मूल्य बृद्धिमा समायोजन गर्ने निर्णय भएको हो ।
जसमा आयो नुन १ किलो ग्राम प्याकेट २३ रुपैया बाट २६ रुपैया, न्यू शक्ति नून १ किलो ग्राम प्याकेट १७ रुपैयाबाट २० रुपैया र भानु नुन १ किलो ग्रामको ९ रुपैया मूल्यमा समायोजना गरिएको निमित्त साल्ट टेडिङ कर्पोरेशन लि. का नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार २०८१ असार १८ गते सञ्चालक समितिको निर्णयानुसार नुनको मूल्यमा समायोजन गर्ने निर्णय भएको हो । त्यसका लागि साल्ट टेडिङ कर्पोरेशसन लि. का प्रदेश,शाखा,उप शाखा,डिपो कार्यालयहरुमा पत्राचार गरिएको छ ।
