सुशील बस्नेत
तुलसीपुर, २१ असार
उद्यमशीलता लगानी बिषयक संवाद तुलसीपुरमा शुक्रबार सम्पन्न भएको छ ।
ग्रीन फाउण्डेसनको आयोजनमा गरिएको संवादमा श्रोत ब्यक्तिका रुपमा ग्रीन फाउण्डेसन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको आर्थिक अबस्थाका बारेमा चर्चा गर्नुभएको थियो ।
उहाँले भन्नुभयो कोभिड १९ पछि बिश्वभर गरीबिको खाडल बढेको छ । आर्थिक चलायमान हुन सकेन, बिश्व आर्थिक संकटबाट गुज्रदै गईरहेको छ । अर्थतन्त्रको अबस्था अझै पनि ठिक अबस्थामा छैन, उहाँले बताउनुभयो ।
आर्थिक अबस्थालाई गतिशिल बनाउन छिमेकी दुई राष्ट्रले गरेको भएपनि हाम्रो मुलकमा अझै हुन सकिरहेको छैन,उद्यममा लगानी संबाद कार्यक्रममा अध्यक्ष पाण्डेले भन्नुभयो । हामी २ देखि ३ प्रतिशतको आर्थिक बृद्धिदरमा छौ भने छिमेकी भारत र चीनले ९ देखि १० प्रतिसतको आर्थिक बृद्धिदरमा पुुन्छन ।
हामी पनि गर्न सक्छौ भन्ने संकल्प लिनु पर्छ उहाँले भन्नुभयो । त्यसका लागि राज्य,नीजि क्षेत्र र सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ ।
राज्यले लगानीको वातावरण बन्ने नीति बनाउनुपर्छ । वातावरण राम्रो भयो भने नीजि क्षेत्रले लगानी गर्छ । अर्थतन्त्रको चपेटामा परेको नीजि क्षेत्रले अझै जागर देखाएको छैन, त्यसको वातावरण राज्यले बनाउनुपर्छ । समाजमा छरीएर रहेको पुँजीलाई संकलन गरि आर्थिक लगानीको क्षेत्रमा काम गर्ने सहकारीलाई पनि लगानीको वातावरण बनाउनुपर्छ अध्यक्ष पाण्डेले भन्नुभयो । तर यसप्रति ध्यान सरकारको छैन, छ त रातारात सत्ताको खेलमा ब्यस्त भएको अबस्था छ । सरकार स्थायी भए लगानी बढने र देशको अर्थतन्त्र समेत बलियो हुने सहभागिहरुले बताएका छन् । संवाद कार्यक्रममा दाङ र सल्यानका बिभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । जसमा ब्यबसायी, संघसंस्थाका प्रतिनिधि, सामुदायिक बन, सञ्चार, सहकारी क्षेत्र,पेट्रोलिय डिर्लस एशोसियसन लगायतले बिभिन्न बिचार संवादमा राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण सुरेश रावतले गर्नुभएको थियो ।