सुशील बस्नेत

तुलसीपुर,१७ जेठ

अध्याधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरमा पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । ३९ डिग्री सेल्सियस भन्दा बढि तापक्रम बढेपछि शुक्रबार जेठ १८ गतेदेखि २२ गतेसम्म तुलसीपुर उपमहानगरपालिका भित्रका सबै सामुदायिक तथा सस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको सार्वजनिक सुचना जारीगरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिनुभयो । अधिक गर्मीका कारण बालबालिकाहरु कक्षा कोठामा बिरामी पर्ने सम्भावना बढदै गएको छ भने अध्यापन गराउदा समेत शिक्षक शिक्षीकाहरुलाई आलस्य हुने र उनीहरु पनि बिरामी पर्ने देखिएको छ । बर्षात भए गर्मीको चाप घट्ने र सित्ल हुनेमा दिनहँु मौसम अस्वभाबिक रुपमा बढदै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार क्रमश मौसममा सुधार हुने अपेक्षा गरिएको छ । त्यस अनुसार आगामी जेठ २३ गतेदेखि पठनपाठन नियमित रुपमा संचालन गरिने छ । दाङका अन्य गाँउपालिकाले पनि मौसम प्रतिकुलका कारण शैक्षिक संस्थाको पठन पाठन केहीदिनका लागि बन्द गर्ने सम्भावन छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *