तुलसीपुर,१२ असार
हिमाल एकाडेमी तुलसीपुरले सञ्चालन गर्ने बिभिन्न बिधामा उत्कृष्ठ बिद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गरेको छ । गत जेष्ठ महिनाका उत्कृष्ट बिद्यार्थी तथा विभिन्न कार्यक्रममा सहभागि भई बिजय भएका बिद्यार्थी लाई मंगलबार पदक, नगद र सम्मान पत्र बितरण गरिएको थियो ।
कक्षा ४ का आयुश बुढाथोकी ,कक्षा ५ का भुमिका सिंह ६ ,जेनिश चौधरी ७ का प्रणभ लामिछाने, ८ एलिश बुढाथोकी,९ का दीप शिखा कार्की र कक्षा १०का ठाकुर प्रसाद रावतलाई उत्कृष्ट बिधार्थी अवार्ड बाट सम्मान गरिएको हो ।
स्काउट लुम्बिनी प्रदेशको आयोजनमा भएको प्रदेश स्तरिय बक्तृत्वकलामा तृतिय स्थान प्राप्त गर्ने हिमाल एकाडेमि स्काउटकी सौम्या पराजुली लाई नगद पाँच हजार सहित सम्मान गरिएको थियो ।
चित्रकला प्रतियोगिता तथा लोक गित गायन प्रतियोगितामा बिजयी बिधार्थी लाई पनि पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । बिधालयका प्राचार्य मधुसुधन के.सी.को सभापतित्वमा सम्मपन्न कायक्रममा बिधालयका हेडसर नवीन कुमार पराजुली,सहायक प्रधानाध्यापक राधा पोख्रेल, सन्चालक समिती सदस्य गणेश अधिकारीले बिधार्थीको चौतर्फी बिकाश अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भुमिका रहने बताउदै सबैको सामुहिक प्रयास बाट गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने बताउनु भएको थियो । कार्यक्रमको सहजीकरण बिधालय सम्योजक दोर्ण चन्द ले गर्नु भएको थियो ।

