ब्रेकिङ न्युज
Wed. Mar 4th, 2026

शिक्षक महासंघका दुई मुख्य घटक संस्था बीचको विवाद चुलिँदै,नेतृत्व चयन अनिश्चित

काठमाडौं, वैशाख १४

नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठन बीचको असहमतिका कारण दोस्रो महाधिवेशनले नयाँ नेतृत्व पाउन सकेन । काठमाडौंको सुकेधारामा सोमबारदेखि बुधबारसम्म भएको महासंघको आन्तरिक विवादका कारण नयाँ कार्यसमिति बन्न नसकेपछि १७ गते घोषणा गर्ने भएको छ ।
महाधिवेशनको अघिल्लो दिन एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनले विज्ञप्ति जारी महाधिवेशनमा सहभागी नहुने जनाएको थियो । संगठनले पुरानो सदस्यताको आधारमा -@)७८ सालको_ राखिएकाले मान्य नहुने, अध्यक्षता पाउनुपर्ने जिल्लाहरुमा नदिइएको र पालिका, जिल्ला, प्रदेशको अधिवेशन सकेर मात्रै महाधिवेशन हुनुपर्ने र त्यो नभएको अवस्थामा महाधिवेशनमा सहभागी हुन नसक्ने जनाएको थियो ।

नेपाली कांग्रेस निकटको नेपाल शिक्षक संघ भने जसरी पनि महाधिवेशन गराउनुपर्ने अडानमा छ ।नेपाल राष्ट्रिय शिक्षक संगठनको विरोधका बाबजुद युनियनका महासचिवसमेत रहेका संघ निकट शिक्षक लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा १० गते महाधिवेशन सुरु गl/Psf] lyयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनबाट प्रतिनिधित्व गर्ने महासंघकी अध्यक्ष कमला तुलाधर महाधिवेशनमा उपस्थित नभएपछि सहअध्यक्ष नानीमाया पराजुलीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो ।
महासंघको विधान अनुसार स्थानीय तह, जिल्ला, प्रदेशको अधिवेशन सकेर मात्रै केन्द्रको महाधिवेशन गर्नुपर्ने व्यवस्था छ भने सदस्य संख्याको आधारमा पहिलो हुनेले अध्यक्ष सहित ११ सिट पाउने, दोस्रो हुनेले महासचिवसहित ११ सिट पाउने, तेस्रो हुनेले सहअध्यक्ष लगायत पाउने, चौथो हुनेले कोषाध्यक्षसहितका सिट पाउने व्यवस्था छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष विष्णु भण्डारीका अनुसार अहिलेसम्म ३२ वटा जिल्लामा मात्रै अधिवेशन भएको छ । त्यसैले विधान अनुसार बहुमत पु¥याउनको लागि पनि कम्तीमा ३९ वटा जिल्लामा अधिवेशन सक्नुपर्ने संगठनको तर्क छ ।

भएका ३२ वटा जिल्लामध्ये पनि ७ वटा जिल्लाको नेतृत्व चयनमा संगठनले असन्तुष्ट जनाइरहेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापा बताउँg’x’G5 ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *