बाँके,४ चैत
बाघको आक्रमणबाट पूर्वपश्चिम राजमार्गको ढकेरी नजिकै एकजना बृद्धको ज्यान गएको छ । नेपालगन्ज सडक खण्डको ढकेरीदेखि झण्डै ३ किलो मिटर पश्चिम जंगलमा बाघको आक्रमणबाट सल्यान दार्मा गाँउपालिका १ बस्ने ७१ बर्षिय नगेन्द्र प्रसाद शर्मालाई आक्रमण गरेको हो । शर्माको मृत्यु भएको प्रहरी बिट ढकेरीका प्रमुख प्रसनि जंगबहादुर एम सि ले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएको छ ।

