दाङ, २७ श्रावण ।

रक्तदान नै जिवनदान भन्ने नाराका साथ दाङ भ्याली यातायात प्रा.लिले स्थापना दिवसका अवसरमा रक्तदान गरेको छ । तेस्रो स्थापना दिवसका अवसरमा दाङका दुई स्थान तुलसीपुर र घोराहीमा रक्तदान गरिएको हो । तुलसीपुर स्थित रक्त सञ्चार केन्द्रबाट ४० जना र घोराही रक्तदान केन्द्रबाट १४ जना गरी जम्मा ५४ जनाले रक्तदान गरेका हुन । सवारी दुर्घटनामा परी घाईते भएकाहरुका लागि आवश्यक पर्दा रगतको अभाब हुन नदिनका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताईएको छ । 

पछिल्लो समय जिल्लामा रगतको अभाबका कारण बिरामी तथा घाईतेहरुले सास्ती भोग्दै आइरहेको हुदाँ उक्त समस्या समधान गर्नका निम्ती रक्तदान कार्यक्रमको आयोजना गरिएको दाङ भ्याली यातायात प्रा.लिका अध्यक्ष बेत प्रकाश वलीले जानकारी दिनुभयो । दाङ भ्याली यातायात प्रा.लिले नाफामुखी कामहरु मात्रै नभएर बिभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको उहाँले स्मरण गराउनुभयो ।

यस्तै कार्यक्रममा नमस्ते एकता यातायात प्रा.लिका सल्लाहकार ईश्वरी प्रसाद गैरेले रक्तदान गर्दा हुन फाईदाहरुका बिषयमा प्रकाश पार्नुभएको थियो । आफुले २१ ‌ॵ पटक रक्तदान गरिसकेको बताउदै अन्य रक्तदाताहरुलाई उहाँले हौसला प्रदान गर्नुभयो ।

पहिलो पटक रक्तदान गर्न पुग्नुभएका पुरुष्तोतम रजौरेले कार्यक्रममा सहभागी हुन पाँउदा खुशी लागेको बताउनु भएको थियो । आफ्नो रगतले कसैको ज्यान बचाउन मद्दत पुगोस भन्ने उद्धेश्यले रक्तदान गर्न आएको उहाँले बताउनुभयो । दाङ भ्याली यातायात प्रा.लिका पदाधिकारीहरु, कर्मचारीहरु, आबद्ध रहेका अटो टेम्पो चालकहरु र बिभिन्न संघ संस्थाबाट आमन्त्रित ५४ जना ब्यत्तिहरुले रक्तदान गरेका हुन । रक्तदान कार्यक्रमलाई निरन्तरता दिने समेत कार्यक्रममा बताइएको छ ।  दाङ भ्याली यातायात प्रा.लिले जिल्लाभर ४ बटा शाखा सञ्चालन गरेको छ भने ति शाखाहरुमा ८ सय बढी तिन पाङग्रे अटो टेम्पो आबद्ध रहेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *