सुशील बस्नेत
२० माघ
शोभा यात्राामा सहभागि भएका मध्ये उत्कृष्ठ झाँकीमा पतञ्जली योग जिल्ला समिति प्रथम भएको छ ।
दोस्रो स्थानमा न्याउली सामुदायिक बन उपभोक्ता समिति र संस्कृति संरक्षण युवा क्लवले रहेका छन् भने तेस्रो स्थानमा परियार एकता समाज,नामीनगर टोलबिकास संस्था तथा आमा समूह,महिला नमुना टोल बिकास संस्था,हाम्रो पहँच सेकेण्डरी स्कुल,कालभैरव टोल बिकास संस्था छन् ।
बृद्ध सेवा समिति जेष्ठ नागरिक समाज,नेवा देवु संघ,समाज सेवा आमा समूह, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ , जय माँ अम्वे मधेसी समाज,नेपाल छन्त्याल समुह सान्त्वना भएका शोभायात्रा मुल्याकंन समितिका संयोजक मानव बहादुर डाँगीले जानकारी दिनुभयो ।
स्वभाव यात्रा १ सय २० वटा झाँकी थिए भने त्यस मध्ये झाकीमा सहभागिता संख्या, भेषभुषा, संस्कृति झल्कने बिषयलाई मुल्याकंनको आधार बनाईएको थियो ।

