ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

सुशील बस्नेत
दाङ तुलसीपुर,२० माघ


मानव सेवा आश्रमले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ र ७ हलवारमा निर्माण गर्ने भनिएको (मानव स्मारक)मानव आश्रमका लागि सञ्चालन गरिएको महायज्ञबाट समापनको दिन शनिबार नगद ५३ लाख ९ हजार ८ सय २२ र प्रतिबद्धता ३५ लाख ६ हजार ५ सय ७१ रुपैया समेत गरि ८८ लाख १६ हजार ३ सय ९३ रुपैया नगद तथा प्रतिबद्धता समेत गरि संकलन भएको छ । गत माघ १३ गतेदेखि २० गते शनिबार सम्म तुलसीपुरको अरणीको मैदानमा सञ्चालन गरिएको महायज्ञबाट नगद तथा प्रतिबद्धता समेत गरि ५ करोड ९ लाख १६ हजार ३ सय ९३ रुपैया संकलन भएको हो ।
५ करोड रुपैया संकलन गर्ने लक्ष्यका साथ नगद र संस्थागत प्रतिबद्धताबाट लक्ष्य पुरा भएको मुल आयोजक समितिले जानकारी दिएको छ ।
शैक्षिक अभियान्ता टिकाबहादुर जिसी र सुरेन्द्र जिसीबाट १० लाख ६६ हजार ६ सय ६६ रुपैया सहयोग प्रदान गर्नुभएको छ । बार्षिक १ लाख ११ हजार रुपैया मानव सेवा आश्रम सञ्चालनार्थ दिने प्रतिबद्धता जिसीले घोषणा गर्नुभएको छ ।
महायज्ञ अबधिभर ब्यक्तिगत रुपमा सबै भन्दा बढि नगद दान गर्नेमा जिसी परिवार रहेको छ ।
आर्थिक सहयोग संकलनको लक्ष्य लिएको महायज्ञबाट लक्ष्य अनुसारको रकम र उठे पछि अवको दुई बर्ष भित्र आधुनिक मानव स्मारक निर्माण हुने भएको हो ।


महायज्ञको समापन


महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा
प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाले मानवताको रक्षाका लागि गरिएको महायज्ञले नाना,खाना र छाना बनाउने अठोटका साथ उत्प्रेणापूर्वक सम्पन्न भएको भन्दै खुशी ब्यक्त गर्नुभयो ।
कथावाचक कमलनयन आचार्यले जाँड रक्सीलाई टाढा राख्दै आफना अबगुणहरुलाई यस यज्ञबाट त्याग गर्न आग्रह गर्नुभयो ।
मानव सेवा आश्रमका कल्पनाकार रामजी अधिकारी सलाही,धनगढी र सुर्खेतमा आगामी २०८१ मा मानव सेवा आश्रम निर्माणका लागि महायज्ञ गर्ने तयारी भएको जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का अध्यक्ष रामबहादुर जिसी,वडा नम्वर १९ का अध्यक्ष प्रेम योगीले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा सातौ दिन सबैभन्दा बढि नगद दान गर्नुहुने ज्ञान ज्योति फाउण्डेसनका टिकाबहादुर जिसीले १० लाख ६६ हजार ६ सय ६६ रुपैया योगदान गरेको सुनाउनुभयो ।
स्वागत मन्तब्य सल्लाहकार चिरिञ्जीबि रिजालले गर्नुभएको थियो,धन्यबाद ज्ञापन दाता पहिचान उपसमितिका संयोजक सुरेश हमालले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सदस्य सचिव बुद्धप्रकास सिंहले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *