वैशाख ७ गते

सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई १५ । १५ दिनमा तलबभत्ता उपलब्ध गराउने तयारी गरेको छ । गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन अर्थ मन्त्रालयले भनिसकेको छ ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेल मन्त्रालयबाट परिपत्र आएको र अब उक्त निर्णय चाँडै कार्यान्वयन पनि हुने जानकारी दिनुभयो । ‘
मन्त्रालयका अनुसार, समयमै कर्मचारीको हातमा पैसा जाओस् र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले यो निर्णय भएको हो ।

निर्णय कार्यान्वयनका लागि ऐनमा संशोधन आवश्यक

हाल सरकारी कर्मचारीहरुले मासिक रुपमा तलबभत्ता पाउँदै आएका छन् । हरेक महिनाको अन्तिम सातामै सम्बन्धित कर्मचारीको बैंक खातामा तलबभत्ता पठाउने गरिन्छ । तर अब १५ दिनमै तलबभत्ता खुवाउने निर्णय कार्यान्वयन गर्न संघीय निजामती सेवा ऐनमा व्यवस्था गर्नुपर्ने हुन्छ । ‘साविकको ऐनमा निजामती कर्मचारीले प्रत्येक महिना भुक्तान भएपछि तलब र भत्ता पाउने भए भत्ता समेत पाउनेछ भन्ने व्यवस्था छ,’ अर्थ मन्त्रालय श्रोतले जनाएको छ । श्रोतका अनुसार १५ दिनमा तलबरभत्ता खुवाउनुअघि त्यो व्यवस्था संशोधन गर्नुपर्छ ।’
वर्तमान सरकार संघीय निजामती सेवा ऐन जारी गर्ने तयारीमा छ । त्यसमै १५ । १५ दिनमा तलबभत्ता खुवाउने व्यवस्था राख्ने तयारी छ ।
‘संघीय निजामती सेवा ऐन पास भएपछि जतिबेला पनि निर्णय कार्यान्वयन गर्नुपर्ने हुनसक्छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *