वैशाख ७
भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यमा खरिद गरिएका सामानमा भन्सार महसुल अनिवार्य गर्न थालिएपछि सीमावर्ती नाकामा तनाव बढेको छ । भन्सार कार्यालय अगाडि नाकामा खटिएका जाँचकीले सर्वसाधारणको झोला खानतलासीलाई तीव्रता दिएका छन् । यसक्रममा सामान खोसाखोसरतानातान चल्ने गरेको छ, बेला–बेला झडप पनि हुने गरेको छ ।
सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानको भन्सार महसुल चुक्ता गरेर मात्र भित्र्याउन माइकिङ गरिरहेका छन् । तर यता महँगी चुलिएकै बेला सीमावर्ती बजारमा गरिने किनमेलमा कडाइ गरिएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन् । झोला खानतलासी गर्ने क्रममा सुरक्षाकर्मीले अभद्र व्यवहार गरेको गुनासो पनि सर्वसाधारणले गर्न थालेका छन् ।
नाकामा कडाइ गरिएपछि सामान किनमेल गर्न सीमापारि जाने क्रम घट्न थालेको छ । सीमावर्ती भारतीय बजार सुनसान हुँदै गएका छन् । नाकामा गरिएको कडाइलाई कतिपय नेपाली व्यापारीले सकारात्मक भनेका छन् भने अन्यले एक सय रुपैयाँको सीमा अव्यावहारिक रहेको तर्क गरिरहेका छन् ।
नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले गत बुधबारदेखि नै माइकिङ गरेर सर्वसाधारणलाई १ सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार शुल्क तिर्नुपर्ने नयाँ नियमबारे जानकारी गराइरहेको छ । शुक्रबारबाट सर्वसाधारणलाई १ सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार शुल्क तिर्न लगाइरहेको छ । एक सशस्त्र प्रहरी अधिकृतले भने, ‘दुई दिन माइकिङ गरेर सर्वसाधारणलाई जानकारी दियौं, शुक्रबारदेखि भने कडाइ गरेका छौं ।’
खुला सीमाका कारण सीमावर्ती क्षेत्रका नागरिकले दैनिक उपभोग्य वस्तु भारतबाट सस्तोमा ल्याएर जीवन निर्वाह गर्दै आएको विशेषगरी लाखौं सर्वसाधारण, ज्यालादारी मजदुर, साना किसान तथा निम्न आय भएका परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको जनाइएको छ ।
सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल

