दाङ,९ माघ
दाङमा अन्तर निकाय समन्वयलाई प्रभावकारी बनाईने भएको छ । दाङ जिल्लास्थित सरकारी कार्यालयहरूको कार्यालय प्रमुख बैठकले अबका दिनमा प्रभाबकारी समन्वय गर्ने निर्णय गरेका हुन । त्यस्तै विकास आयोजनाहरको प्रगतिलाई द्रुतरूपमा अघि बढाईने छ । भने कार्यालयहरूले अपनाएका असल नवीनतम अध्यासहरू प्रश्तुत गर्ने र अनुसरण गर्ने, जिल्ला प्रोफाईल निर्माण गर्ने र कार्यालयको सेवा चुस्त, शीघ्र र नागरिकमैत्री बनाई सुशासन प्रवर्धन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
