सुशील बस्नेत
तुलसीपुर,१० माघ
नेपाली काग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले रोजगारीका लागि बिदेश गई फर्कन ईच्छा राख्नेहरुलाई सम्मानजनक देशभित्र ब्यबस्थापन गर्न सक्ने योजना बनाउनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहदै राज्यको श्रोतको रुपमा रहेको रेमिटयान्सलाई देखेर खुसी हुनुभन्दा बिदेशमा रहेको जनशक्तिलाई देशफर्कने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । तर उनीहरुलाई फर्कन मात्र होईन उनीहरुसँग भएको सीप,दक्षता र क्षमतालाई सम्मानजनक तरिकाबाट स्वदेशमै ब्यबस्थापन गर्ने गरि रणनीतिक योजना सरकारले बनाउनुपर्ने बताउनुभयो । देशमा बस्न नचाहने र बिदेशमा भबिष्य देख्न जमातको संख्या अत्याधिक ठुलो छ उहाँले भन्नुभयो । देश,विकास र लोकतन्त्र नेपाली काग्रेसको आधार भएकाले नेता कार्यकर्ता एक भएर जुटनुपर्ने अबस्था सृजना भएको उहाँले जोड दिनुभयो ।
लुम्बिनी प्रदेश सभामा नेपाली काग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सीनाले अहिलेको मुख्य चुनौति बढदो युवा पलायनलाई रोक्नु नै रहेको बताउनुभयो । युवाहरुका अहिलेको अबस्था र राजनीतिक प्रति नकारात्मक प्रभाव पारिएको छ जसले गर्दा बिदेश जाने सोचको बिकासलाई बिश्वासको वातावरण बनाई प्रदेशको मोहलाई घटाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम युनियनका जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको थियो भने युनियनका पूर्व अध्यक्ष सुशील बस्नेतले स्वागत मन्तब्य र सहजिकरण युनियनका पुर्व कोषाध्यक्ष शरद रेग्मीले गर्नुभएको थियो ।
यसैबिच नेपाली काग्रेस दाङ निर्वाचन क्षेत्र नम्वर ३ को आयोजनामा सहमहामन्त्री राठौरका बिचमा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भएको सभापति जगत खडकाले जानकारी दिनुभयो ।
