सुशील बस्नेत
तुलसीपुर,१० माघ
मानव अधिकार तथा शान्ति समाज दाङले एनसीएल घोटाल बिरुद्ध शान्तिपूर्ण बिरोध प्रदर्शन गरेको छ ।
समाजले बिगत लामो सयमदेखि एनसीएल घोटाला प्रकरण बिरुद्ध शान्ति पूर्ण प्रदर्शन गर्दै आएको छ । राज्यलाई राजस्व ठगि गरेको र प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नमा आर्थिक घोटाला गरिएको भन्दै प्रदर्शनमा उत्रिएको शान्ति समाजका निर्वतमान बरिष्ठ उपसभापति सुशील बस्नेतले जानकारी दिनुभयो । बुधबार तुलसीपुरको बिपीचौकमा शान्ति समाज दाङका सभापति कोमल डिसीको अध्यक्षतमा भएको प्रदर्शन कार्यक्रमको सहजिकरण सचिव अमृत प्रसाद शर्माले गर्नुभएको थियो ।
शान्ति समाजले बिगत लामो सयमदेखि एनसिएल घोटाला महाप्रकरणका बिरुद्ध सडक आन्दोलन गर्दै आएको छ ।
