सुशील बस्नेत
तुलसीपुर,१० माघ
माध्यामिक बिद्यालय तुलसीपुर सेन्टरले ५३ औ बार्षिक उत्सव तथा अभिभावक भेला बुधबार सम्पन्न गरेको छ ।
बिद्यार्थीको चाप थेग्न नसक्ने गरि बिद्यालयको चौतफी बिकास गरिरहेको भनिएको तुलसीपुर बजार क्षेत्रमा रहेको सामुदायिक बिद्यालय तुलसीपुर सेन्टरले बार्षिक उत्सव पनि भब्य रुपमा मनाएको छ । बार्षिक उत्सवमा सहभागि हुन नेकपा एमालेका नेतृहरु पूर्व प्रतिनिधि सभासदस्य सुजता शाक्य र राष्ट्रिय सभाका पूर्व सदस्य एवम कलाकार कोमल ओली हुनुहुन्थ्यो भने प्रदेश सभा सदस्य रेखा शर्मा,पुर्व नगरप्रमुख घनश्याम पाण्डे,उपप्रमुख स्यानी चौधरी लगायतले मेघा बिद्यालयको रुपमा बिकास भईरहेको माध्यामिक बिद्यालय सेन्टरको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा अमर माबि उरहरीका प्रधानाध्यापक पदम वली, मानव अधिकारकर्मी एवम पत्रकार सुशील बस्नेत,नेपाल शिक्षक संगठनका सदस्य धनीराम केसी, तुलसीपुर उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख चक्र भण्डारी,बिद्यालयका पूर्व बिद्यार्थी संगित बस्याल र बिद्यार्थी राजु बिक लगायतले बिद्यालयले गरिरहेको प्रगतिको प्रशंसा गर्नुभएको थियो ।
त्यसअवसरमा सांगेतिक प्रस्तुतीहरु भएका थिए भने बिद्यालयलाई बिभिन्न प्रकारको सहयोग गर्नुहुने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लिखतराम पौड्ेलको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयको बार्षिक प्रतिबेदन प्रधानाध्यापक भावगत पौड्ेल र शिक्षक प्रतिनिधि नरेशकुमार वलीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण शिक्षकद्धय भोला पौड्ेल र शिक्षीका अनिताले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *