घोराही,११ माघ
लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि झण्डै ९८ प्रतिशत मतदान मध्यान्ह १ बजे सम्म भएको छ ।
अब दश भोट मात्रै खस्न बाँकी रहेको छ ।
प्रदेशसभा तर्फका दुई जना र स्थानीय तहत र्फका आठ जना मात्रै अब मतदानका लागि बाँकी रहेका छन् ।
घोराही उपमहानगरपालिका – १५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङगणमा रहेको मतदान केन्द्रमा बिहान नौं बजेपछि सुरु भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवरले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा गरि कुल एक सय नौं स्थानीय तहका दुई सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्यसमेत गरि कुल तीन सय पाँच जना मतदाता छन् ।
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ९८ प्रतिशत मत खसेको छ । ३०५ मतदाता मध्ये २९८ मत खसेको छ । प्रदेश सभा सदस्य ८७ मध्ये ८५ जका नाले मतदान गरेका छन् भने स्थानीय तह २१८ मतदाता मध्ये २१३ जनाले मतदान गरेका छन् । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । अब टाढाका मतदाता आउन बाँकी रहेको छ ।
सुरुमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पहिलो मतदान गर्नुभएको थियो ।
मतदान केन्द्र (क) मा प्रदेश सभा सदस्य र मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख÷उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
अन्य तर्फ एक जना र महिला तर्फ एक जना गरि दुई सिटका लागि ६ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
गठवन्धनका तर्फबाट महिला कोटामा नेपाली काँग्रेसकी विष्णुदेवी सापकोटा, नेकपा एमालेबाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिंह प्रतिष्पर्धामा हुनुहुन्छ भने अन्य कोटामा गठवन्धनबाट नेकपा माओवादीका झक्कु सुवेदी , एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बाल गोविन्द चौधरी प्रतिष्पर्धी मा हुन्छ ।
