दाङ – राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी बिष्णुदेवी सापकोटा बिजयी हुनुभएको छ ।

सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा बिजयी भएका हुनुभएको हो । उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसा केसीलाई हराउँदै गठबन्धनतर्फबाट उम्मेदवार बन्नुभएका सुवेदी र सापकोटा बिजयी हुनुभएको हो । निर्वाचनमा सुवेदीले ५४३५ र सापकोटाले ५४३५ मतभार प्राप्त गर्दै बिजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो । निर्वाचन अधिकृत पाण्डेका अनुसार नेकपा एमालेका उम्मेदवारी तुलसा केसीले २८६७ मतभार र झपेन्द्र घर्ती क्षेत्रीले ३०३९ मतभार प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी महिला कोटामा राप्रपाबाट उम्मेदवार बन्नुभएकी विजयालक्ष्मी सिह २५० र अन्य कोटामा जनमत पार्टीका बालगोविन्द चौधरीले २५०मतभार प्राप्त गर्नुभएको थियो । विहीवार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा प्रदेशसभातर्फ ८७ र स्थानीय तहतर्फ भएको ३ सय ५ मतमध्ये ३ सय ३ मत खसेको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *