राष्ट्रियसभा निर्वाचनमा मनोनयन दर्ता गर्दा १८ वटा कागजात पेस गर्नुपर्ने

पौष ११,
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उम्मेदवारले मनोनयन पत्रको साथमा पेश गर्नुपर्ने कागजातको विवरण सार्वजनिक गरेको छ । बुधबार आयोगले विज्ञप्ति जारी गर्दै मनोनयन पत्र पेश गर्दा बुझाउनुपर्ने कागजातबारे जानकारी दिएको हो ।
पुस २३ गते उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ। मनोनयन पत्र दर्ता गर्दा उम्मेदवारले नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी र मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा बुझाउनुपर्छ ।
उम्मेदवारी दिँदा बुझाएको १० हजार रुपैयाँ जम्मा गरेको रसिद वा भौचर पनि बुझाउनुपर्ने आयोगले जनाएको छ। महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा धरौटी रकम ५० प्रतिशत छुट गरिएको छ । दलका उम्मेदवारको हकमा मनोनयनको ‍औपचारिक पत्र पनि बुझाउनुपर्छ। कुनै संघीय कानुनले अयोग्य नभएको भनी स्वघोषणा गरेको पत्र पनि बुझाउनुपर्ने आयोगले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *