तुलसीपुर,११ पुस
तुलसीपुरका किशोर किशोरी र बालबालिकाले बालबिबाह न्यूनिकरण तथा दुब्र्यसनी बिरुद्ध कसरी लाग्ने भन्ने बारेमा सीप सिकेका छन् । तुलसीपुर उपमहानगरपालिका स्तरीय युवा संजालको आयोजन र तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा झण्डै २५ जना किशोर किशोर तथा बालिबालिकाहरुले यी अभियानमा जुट्न सीप सिकेका हुन ।
३ दिने तालिममा युवा संजाल र बाल सञ्जालको भूमिका,बाल अधिकार महासंन्धी,बालमैत्री स्थानीय शासन,स्वस्थ जनशक्ति र नेतृत्व विकास सम्बन्धि तालिम प्राप्त गरेको युवा सञ्जालका अध्यक्ष गणेश भण्डारीले जानकारी दिनुभयो ।
तालिम समापन कार्यक्रममा सम्बोधन गर्नुहुदै वडा नम्वर १६ का अध्यक्ष शिवानन्द डाँगीले समाजमा कानून बिपरित बालबिबाह भईरहेको भन्दै त्यस्ता कार्यलाई रोक्न बाल सञ्जाल र युवा सञ्जालको भूमिका हुने बताउनुभयो ।
किशोरी देवसरा वलीले किशोर किशोरी र बालबालिकाले प्राप्त गरेको सीपलाई सहि ढंगले उपयोग गर्न सके समाजमा ब्याक रुपमा रहेको कुसंकार र दुब्र्यसनी घटने सुझाब दिनुभयो ।
बाल सञ्जालका अध्यक्ष शिशिर गिरीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमको सहजिकरण युवा सञ्जालका अध्यक्ष गणेश भण्डारीले गर्नुभएको थियो ।
किशोर किशोरी र वालबालिकाको अधिकार र क्षमता विकास गराउने उदेश्यले तुलसीपुर उपमहानगरपालिकाले १९ वटै वडामा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । तालिमको प्रशिक्षकमा पत्रकार एवम अधिकारकर्मी सुशील बस्नेत,दलित अधिकारकर्मी निर्मल नेपाली र स्वास्थ्यकर्मी बिमल के.सी. हुनुहुन्छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *