पौष १०
दाङमा २९ हजार छ सय ४९ कृषक परिवारमा जम्मा नौ हजार छ सय ७१ कृषक परिवारले मात्रै कृषि ऋण लिएको देखिएको छ । दाङ जिल्लामा एक लाख एक हजार आठ सय ८० कृषक छन् । कृषि गणनाको रिपोर्ट अनुसार घोराहीमा रहेका २५ हजार चार सय सात कृषक परिवारमा पाँच हजार एक सय ३७ कृषक परिवारले ऋण आवश्यकता उल्लेख गरेकोमा जम्मा एक हजार तीन सय ६८ कृषक परिवारले ऋण लिएका छन् । २५ हजार दुई सय १६ कृषक परिवार रहेको तुलसीपुर उपमहानगरपालिकामा सात हजार नौ सय ४५ कृषक परिवारलाई ऋण आवश्यकता भएकोमा दुई हजार छ सय ९९ कृषक परिवारले मात्रै ऋण पाएका छन् । यस्तै आठ हजार दुई सय ४४ कृषक परिवार रहेको लमही नगरपालिकामा दुई हजार पाँच सय १६ कृषक परिवारलाई ऋण आवश्यक भएकोमा सात सय १६ किसान परिवारले मात्रै कृषि ऋण पाएका छन् ।

राप्ती गाउँपालिकामा रहेका आठ हजार ६३ कृषक परिवारमध्ये एक हजार तीन सय एक कृषक परिवारलाई कृषि ऋण आवश्यक परेकोमा पाँच सय ८१ कृषक परिवारले मात्रै कृषि ऋण पाएका छन् । त्यसैगरी सात हजार पाँच सय ६२ कृषक परिवार रहेको गढवा गाउँपालिकामा तीन हजार चार सय १० कृषक परिवारलाई ऋण आवश्यक परेकोमा एक हजार चार सय ६२, छ हजार तीन सय ७१ कृषक परिवारले ऋण पाएको, बबई गाउँपालिकामा एक हजार तीन सय ३५ कृषक परिवारलाई ऋण आवश्यक परेकोमा दुई सय ४०, छ हजार ४३ कृषक रहेको शान्तिनगर गाउँपालिकामा दुई हजार छ सय ६९ कृषक परिवारलाई ऋण आवश्यक परेकोमा चार सय २९, पाँच हजार नौ सय १६ कृषक परिवार रहेको राजपुर गाउँपालिकामा दुई हजार एक सय १५ कृषक परिवारलाई ऋण आवश्यक परेकोमा एक हजार तीन सय २९, चार हजार आठ सय ९७ कृषक परिवार रहेको बंगलाचुली गाउँपालिकामा एक हजार चार सय ४२ कृषक परिवारलाई ऋण आवश्यक रहेकोमा दुई सय चार र चार हजार आठ सय ८० कृषक परिवार रहेको दंगीशरणमा एक हजार सात सय ७८ कृषक परिवारलाई कृषि ऋण आवश्यक रहेकोमा छ सय ४४ कृषक परिवारले मात्रै कृषि ऋण पाएका छन् ।
दाङ जिल्लामा एक लाख एक हजार आठ सय ८० कृषक रहे पनि कृषि क्रियाकलापका लागि विमा गरेका कृषक भने जम्मा तीन हजार ३२ छन । कृषि क्रियाकलापमा सवथोक लगाएका किसानले पनि जोखिम न्यूनीकरणका लागि विमा नगर्ने गरेको पाइएको छ । जिल्लाका सबै पालिकाहरुमा कृषि क्रियाकलापको विमा गरेका कृषक अत्यन्त न्यूून रहेको राष्ट्रिय कृषि गणना २०७८ ले सार्वजनिक गरेको आँकडाले देखाउँछ ।

घोराहीमा २५ हजार चार सय सात कृषक परिवारमा तीन सय ५६ कृषक परिवारले मात्रै कृषि विमा गराएका छन् । २५ हजार दुई सय १६ कृषक परिवार रहेको तुलसीपुर उपमहानगरपालिकामा आठ सय ८१ कृषक परिवारले मात्रै कृषि विमा गराएका छन । आठ हजार दुई सय ४४ कृषक परिवार रहेको लमही नगरपालिकामा छ सय १३, आठ हजार ६३ कृषक परिवार रहेको राप्ती गाउँपालिकामा एक सय ५२, सात हजार पाँच सय ६२ कृषक परिवार रहेको गढवा गाउँपालिकामा दुई सय ५६, छ हजार तीन सय ७१ कृषक परिवार रहेको बबई गाउँपालिकामा दुई सय ६४, छ हजार ४३ कृषक रहेको शान्तिनगर गाउँपालिकामा एक सय २३, पाँ‘च हजार नौ सय १६ कृषक परिवार रहेको राजपुर गाउँपालिकामा एक सय १६, चार हजार आठ सय ९७ कृषक परिवार रहेको बंगलाचुली गाउँपालिकामा ३७ र चार हजार आठ सय ८० कृषक परिवार रहेको दंगीशरण गाउँपालिकामा दुई सय ३४ कृषक परिवारले मात्रै कृषि क्रियाकलापका लागि विमा गरेका छन ।

कृषि गणना अनुसार एक लाख एक हजार आठ सय ८० कृषक परिवारमा जम्मा तीन हजार ५२ कृषक परिवारले मात्रै सरकारी अनुदान पाएका छन् । सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा नौ सय ६८ कृषक परिवारले सरकारी अनुदान पाएको देखिएको छ । तुलसीपुर उपमहानगरपालिकामा दुई सय एक कृषक परिवारले सरकारी अनुदान पाएका छन् । राष्ट्रिय कृषि गणना २०७८ ले सार्वजनिक गरेको रिपोर्ट अनुसार लमही नगरपालिकामा एक सय ७५, राप्ती गाउँपालिकामा तीन सय चार, गढवा गाउँपालिकामा पाँच सय ५१, बबई गाउँपालिकामा एक सय ४४, शान्तिनगर गाउँपालिकामा तीन सय ५६, राजपुर गाउँपालिकामा ३८, बंगलाचुली गाउँपालिकामा एक सय १६ र दंगीशरण गाउँपालिकामा दुई सय कृषक परिवारले मात्रै सरकारी अनुदान पाएका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *