हिरासतमा सशस्त्र प्रहरीद्वारा आत्महत्या

By Sushil Basnet १२ कार्तिक २०८१, सोमबार ०४:१८ १२ कार्तिक २०८१, सोमबार ०४:१८ १२ कार्तिक २०८१, सोमबार ०४:१८

दाङ, १२ कात्तिक । 

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवानले  प्रहरी हिरासतमै आज बिहान आत्महत्या गरेका छन् ।

वडा प्रहरी कार्यालय घोराहीको नियन्त्रणमा रहेका प्युठान सरुमारानी गाउँपालिका–४ घर भइ ज्वालामाई गण भालुवाङमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले झुण्डिएर आत्महत्या गरेका प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय घोराहीको शौचालयको झ्यालमा प्रयोग गरिएको फलामको रडमा आफुले लगाएको स्याण्डो र टिसर्टले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिनुभएको छ । प्रहरी उरीक्षक तिमिल्सिनाका अनुसार सोमवार विहान करिव पाँच बजेतिर सौचालय गएको र लामो समयसम्म नफर्किएपछि ढोका खोलेर हेर्दा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

गत असोज २४ मा भलुबाङका १४ र ८ बर्षिया दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङस्थित शस्त्र प्रहरी बल ज्वाला माइगणका दुई जना प्रहरी नियन्त्रणमा थिए । आरोपित अर्का एक जना हिरासतमै छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *