दाङ
महिलालाई धारिलो हतियार प्रहार गरि घाईते बनाउने नेपाल कम्युनिष्ट पार्टी ( बहुमत )का जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ पर्नुभएको छ | गत मंसीर ६ गते घोराही उप-महानगरपालिका वडा नं. १५ ओमशान्ती टोल स्थित सडकमा हिंडिरहेका घोराही उपमहानगरपालिका वडा नं. १५ बि.पी.चोक बस्ने बर्ष अं.५८ को धर्म बहादुर बस्नेत र उहाकी श्रीमती बर्ष ५७ कि माधवा बस्नेत लाई धारिलो हतियारले नाकमा प्रहार गरी नाक काटी घाईते बनाई खडका फरार हुनुभएको थियो | खडका विरुद्ध सार्वजनिक हित,स्वास्थ्य,सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय दाङबाट पक्राउ अनुमति लिईएकोमा फरार रहेका खड्कालाई खोजतलास गर्दै जाने क्रममा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी नायब उपरीक्षक इश्वर थापाको नेतृत्वको प्रहरी टोलीले घोराही उ.म.न.पा.१९ बाट हिजो पुस १७ गते पक्राउ गरी घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ |

