ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

दाङ,१३ जेठ

दाङको लमहीमा भएको पहिलो टिमुर सम्मेलन भएको छ । शनिबार सम्पन्न पहिलो टिमुर सम्मेलनमा सहभागिहरुले टिमुरको व्यवसायिक खेती गरी आर्थिक लाभ लिन सकिने भन्दै यसमा लगानी गर्न सरकारसँग माग गरेका छन् । सहभागीहरुले लुम्बिनी प्रदेशका ६ वटा पहाडी जिल्लामा टिमुर उत्पादन हुने गरेको भए पनि यसको व्यवसायीकरण हुन नसकेको औंल्याएका छन् ।
लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा भएको टिमुर सम्मेलनमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले टिमुरलाई व्यवसायीकरण गरेर जनताको जीवनस्तर बदल्न सकिने बताउनुभयो ।
टिमुर भान्सामा प्रयोग हुने एक खालको मसला मात्र नभई औषधियुक्त जडीबुटी भएकाले यसलाई वैज्ञानीकरण र व्यवसायीकरण गर्न सके विदेश निर्यात गर्न समेत सकिने उहाले बताउनुभयो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा टिमुर खेती प्रवर्द्धनलाई प्राथमिकता दिन उहाले सुझाएका छन् ।
प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकालले टिमुरलाई व्यवसायीकरण गर्न प्रदेश सरकारले नीतिगत रुपमा व्यवस्था गर्ने बताउनुभयो ।
स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले प्रदेशमा टिमुर उत्पादनको प्रचूर सम्भावना भएको भन्दै बजारीकरणमा सरकारले लगानी गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाले टिमुरको न्यूनतम मूल्य तोकिनु पर्ने बताउनुभयो । सामाजिक विकासमन्त्री रत्न खत्रीले टिमुरलाई व्यवसायिकरण गर्न कानुनी जडिटलता हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । वन तथा वातावरण मन्त्री अर्जुनकुमार केसीले टिमुरलाई व्यवसायिकरण गरेर कृषकको जीवनस्तर सुधार्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले टिमुरको बिउको गुणस्तर मापन नहुनु, संकलन प्रविधि नहुनु, अस्थिर भाउ, प्रशोधन प्रविधिको अभाव, दीगो संकलन विधिको ज्ञान, सीप र प्रविधिको प्रयोग गर्न नसक्नु, वन विनास र डेढेलो, रोग किराको पहिचान र नियन्त्रण जस्ता कारणले टिमुरको व्यवसायीकरण हुन नसकेको बताउनुभयो ।

एक हजारदेखि २५ सय मिटर उचाइमा फल्ने टिमुर लुम्बिनीको पूर्वी रुकुम, रोल्पा र प्युठानमा बढी पाइन्छ भने अन्य पाल्पा, अर्घाखाँची, गुल्मी दाङलगायत जिल्लामा पनि टिमुर फल्ने गरेको उहाले बताउनुभयो ।

रोल्पाको माडि गाउँपालिकाकी उपाध्यक्ष जयपुरी घर्तीले रोल्पामा टिमुरबाटै जीवनयावन गर्नेको संख्या ठुलो रहेको भए पनि बिचौलियाको समस्या रहेको बताउनुभयो । ‘
कृषि समिति सभापति विश्वप्रेम पाठकले टिमुर पनि प्रदेशको आर्थिक समृद्धिको एउटा आधार बन्न सक्ने बताउनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *