ब्रेकिङ न्युज
Wed. Mar 4th, 2026

कात्तिक ११ गते

गयरातिदेखि दाङ लगायत आसपासका जिल्लाहरुमा बर्षा भईरहेको छ । बर्षातका कारण जनजिवन प्रभाबित बनेको छ । धान भित्रयाउन थालेका किसानहरु चिन्तीत भएका छन् । आधा भन्दा बढि भाग धान भित्रयाई सकेका किसानहरुले हिउदे बालीको तयारी गरेका छन् । उनीहरुका लागि भने यो बर्षाले राम्रो हुने देखिएको छ । तर आलु रोप्दै गरेको किसानहरु बिउ आलु कुहिने त्रासमा छन् । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना केहि दिन अझै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज र भोलि दुई दिन लुम्बिनी,गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना छ । ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैले आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई महाशाखाले अनुरोध गरेको छ ।

११ गते मंगलबार

दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षारहिमपातको पनि सम्भावना रहेको छ ।
राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षारहिमपातको पनि सम्भावना रहेको छ ।

कात्तिक १२ गते बुधबार

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
राति देशभर आंशिक बदली बदली रहने छ । कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।
मौसमविदहरुका अनुसार विहीबारदेखि फेरि बंगालको खाडीमा विकसित चक्रवातको आंशिक प्रभावले शनिबारसम्म वर्षा तथा हिमपातको सम्भावना छ । यसको प्रभाव नेपालको मध्य भागदेखि पूर्वी भागसम्म पर्ने पूर्वानुमान छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *