असार ३० गते
असार १५ गतेदेखि देशभरिका फाँटमा धान रोपाइँको चटारो छ । असारे पानीमा रुझ्दै किसानलाई यतिबेला खेतमै चटारो छ । मनसुन सक्रिय भएसँगै रोपाइँले उत्साहजनक गति त लिएको छ, तर ‘मानो रोपेर मुरी फलाउने’ यो उल्लासमय याममा किसानको पिरलो भने उही छ ।
‘खेत रोप्न त रोपियो, तर मल छैन’ विगतका वर्षहरूमा जस्तै यसपालि पनि किसानले समयमै रासायनिक मल (युरिया, डीएपी) पाउन सकेका छैनन् । खेतीको मुख्य सिजनमै मल नपाउँदा किसानहरू उत्पादन घट्ने चिन्तामा पिल्सिएका छन् ।
मलको आश गर्दागर्दै बिउ छिप्पिने डरले कतिपय किसान मलविनै धान रोप्न बाध्य छन् भने कतिपय चर्को मूल्य तिरेर मल प्रयोग गर्न विवश छन् । मल बितरण निकाय कृषि सामाग्री संस्था प्रा.लि . र साल्ट टेनिङले बितरण गर्ने अनुदानको मल सहकारी संस्था माफर्त बितरण गर्ने भएपछि सेटिङमा बिचौलियाले बिक्रि बितरण गर्ने गरेको गुनासो छ । सरकारको अनुगमन गर्ने निकाय चुकेको छ । जसका कारण गोदामको मल अर्कै ठाँउबाट स्टोर गरि बितरण गर्ने, आफनो मान्छेलाई खवर गर्ने र बिचौलीयाले महँगो मुल्यमा बितरण गर्ने गरेका किसानहरुको गुनासो छ ।
तर, सरकारले सधै झैं ‘मल अभाव नरहेको र सहज रूपमा बिक्री वितरण भइरहेको’ रट लगाउन छाडेको छैन । सरकारी तथ्यांक र अधिकारीहरूका दाबी अनुसार गोदाममा पर्याप्त मल छ र सहकारी मार्फत गाउँगाउँमा गइरहेको छ ।
कागजी तथ्यांकमा बिक्री भइरहेको भनिएको मल आखिर किसानको खेतसम्म किन पुगिरहेको छैन रु सरकारी दाबी र ‘ग्राउन्ड जिरो’ को वास्तविकताबीच किन यति ठूलो खाडल छ रु
कृषि, वन तथा पर्यावरण मन्त्रालयले देशभरि ९२ हजार ५ सय ९२ टन रासायनिक मल मौज्दात रहेको तथ्यांक सार्वजनिक गरेको छ ।
कृषिमन्त्री गीता चौधरीले पनि निरन्तर धान रोपाइँमा मल अभाव नहुने भन्दै भाषण दिइरहनुभएको छ । किसानले मन्त्रीको यो दाबी झुटो भएको बताउँदै आएका छन् ।
‘कम्पनीका देशभरिका गोदामबाट दैनिक मल बिक्री भइरहेको छ । पोखरेलले उपलब्ध गराएको तथ्यांक अनुसार गजुरी शाखाबाट मात्रै अघिल्लो दिन ३४.५५ टन युरिया बिक्री भएको थियो भने ४ सय २ टन स्टकमा थियो । त्यस्तै डीएपी पनि निरन्तर बिक्री भइरहेको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा र अनुदानको प्रतिशत उच्च हुँदा सीमित बजेटले थोरैमात्र मल खरिद गर्न सकिएको उनको भनाइ छ ।
कम्पनीसँग हाल करिब ६१ हजार टन मल मौज्दात रहेको छ । जसमध्ये करिब ३५ हजार टन युरिया, १३ हजार ५ सय टन डीएपी र ११ हजार ६ सय ५५ टन पोटास छ । कम्पनीले दैनिक २ हजारदेखि २ हजार ७ सय टनसम्म मल देशभरि बिक्री गरिरहेको बताएको छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार २९ असारसम्म देशभरि ५४.५२ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा ५९.२८ प्रतिशत रोपाइँ भएको थियो ।

