घोराही, १२ फागुन

नेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरिय मिडिया महोत्सव आयोजना गर्ने भएको छ । महासंघ दाङ शाखाको बैठकले लुम्बिनी प्रदेशको पत्रकारिताको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यकासाथ यही मिति २०८० चैत तेस्रो साता लुम्बिनी प्रदेश स्तरिय मिडियो महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । महोत्सव सफल बनाउनकालागी नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश सरकार, स्थानीय तह, प्रेस काउन्सील नेपाल, लगायत सम्बन्धीत निकाय तथा संघसंस्थाहरुसँग सहकार्य गर्ने निर्णय भएको महासंघ दाङ शाखाका सचिव आर.के.शीतलले जानकारी दिनुभयो ।महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मेट्रो कलेजले आफ्नो कलेजमा अध्ययनरत विद्यार्थीहरुले समाचारमूलक बुलेटीन प्रकाशन गर्दै आएकोमा विद्यार्थीहरुकालागी पत्रकारिता तालिम दिन अनुरोध भई आएकाले कलेजसँगको सहकार्यमा दुई दिने पत्रकारिता तालिम सञ्चालन गर्ने, नेपाल पत्रकार महासंघ दाङले सञ्चालन गरेको मिडिया साक्षरता अभियानलाई जिल्लाव्यापी रुपमा विस्तार गर्ने र दाङका सञ्चारमाध्यमका समस्यालाई अध्ययन अवलोकन गरि प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *