दाङ ९ फागुन
बुधवार साझ पख अकस्मात मौसम बदलिएको छ । हल्का हावा लाग्न शुरु गरेको केहि समयमै गड्याङ्गुडुङ शुरु भएको आकास असिना र पानी पर्न थाल्यो । लगातार परेको पानी र केहिबेरको असिनाले खेतबारीको बालीनाली, तरकारी र फलफुलमा असर पारेको हुनसक्ने कृषि बिज्ञ को भनाई छ । एक्कासी बदलिएको मौसम र परेको असिना पानीबाट भएको क्षतिको बिबरण भोली सम्म आउन सक्ने बताईएको छ । हिउदे बर्षा हुने भन्ने अनुमान गरिएको भएपनि हुनसकेको थिएन । केहिदिन अघि गरिएको अनुमान गलत साबित भएको भन्दै जल तथा मौसम अनुमान महाशाखाले जानकारी समेत गराईसकेको थियो ।
