ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026


बबई हापुरे, ९ फागुन
लुम्बिनी प्रदेश सरकारको सहयोगमा बबई गाँउपालिकामा महिलाहरुलाई सचेतना अभिबृद्धि कार्यक्रमलाई तिब्रता दिन शुरु गरिएको छ । दाङको कर्णाली भन्दै आएको बबई गाँउपालिका बिभिन्न वडाका पछाडी पारिएका समुदायका महिलाहरुलाई सचेतना अभिबृद्धि सम्बन्धि अभिमुखिकरण दिन शुरु गरिएको हो । भुगोलको दृष्टिकोणले अतिबिकट बस्तीदेखि दलित,जनजाति समुदायका महिलाहरुलाई महिला अधिकार,महिलामाथि हुदै आएका हिंसा,हिंसाबाट बच्न अपनाईने कानुनी उपचार तथा बिधि,महिलाको क्षमता बिकास लगायतका बिषयमा तालिम दिन शुरु गरिएको आयोजक संस्था महिला सशक्तिकरण एवम समाज बिकास नेपालका अध्यक्ष दिपा केसीले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय अन्तर्गतको आर्थिक सहयोगमा बबई गाँउपालिका वडा नम्वर ४ का ४१ बढि महिलाहरुलाई बुधबारदेखि २ दिन सचेतना तथा अभिमुखिकरण तालिम दिन शुरु गरिएको संस्थाका उपाध्यक्ष सुमित्रा रानाले जानकारी दिनुभयो ।
महिला सशक्तिकरण एवम समाज बिकास नेपालका अध्यक्ष दिपा केसीको अध्यक्षता तथा बबई गाँउपालिकाका प्रमुख कुलबहादुर खत्रीको प्रमुख आतिथित्यमा दुई दिने तालिमको बुधबार हापुरेमा उद्घाटन गरिएको हो । तालिम उद्घाटन कार्यक्रममा बोल्नुहुदै गाँउपालिका अध्यक्ष खत्रीले आर्थिक,सांस्कृति,सामाजिक,शैक्षिक अबस्थाका कारण पछाडी परेका महिला समुदायले सक्षम भई आर्थिक सम्बृद्धिको ढोका खुल्ने र समाज रुपान्तरणमा मद्धत पुग्ने बताउनुभयो ।
सो अवसरमा बबई गाँउपालिका वडा नम्वर ४ का अध्यक्ष टेकबहादुर वली,नेपाली काग्रेस वडा नम्वर ४ का ईकाइ उपसभापति बनीबहादुर नेपाली,नेकपा माओबादी बबई गाँउपालिकाका नेता दिपक शाह लगायतले महिला सशक्तिकरणमा जोड दिनुभयो । तालिम उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष सुमित्रा रानाले गर्नुभएको थियो भने सहजिकरण सचिव अन्जु घर्तीले गर्नुभएको थियो । प्रशिक्षकमा मानव अधिकारकर्मी एवम पत्रकार सुशील बस्नेत हुनुहुन्छ । यसअघि वडा नम्वर दुईका महिलाहरुलाई महिला सचेतना तथा अभिमुखिकरण सम्बन्धि प्रशिक्षण दिईएको थियो । तालिम उक्त पालिकाकाका वडा नम्वर ५ र ६ मा सन्चालन हुने छ्न ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *