तुलसीपुर,१२ पुस
मानव सेवा आश्रम निर्माणार्थ महापुराण सञ्चालन गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ बनहरीमा आश्रम निर्माणार्थ मुल तयारी समिति गठन गरिएको छ । आगामी माघ १३ गतेदेखि २० गते सम्म अरणीको मैदानमा सञ्चालन गरिने महापुराण सफल पार्न तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष एवम उद्योगपति डिल्लीबहादुर बस्नेत संयोजक रहनुभएको मुल समितिमा सह संयोजक श्रवण कुमार आचार्य र जोगेन्द्र बिश्वकर्मालाई बिहीबार सम्पन्न भेलाले जिम्मेवारी दिएको छ । सचिवमा बुद्धप्रकास सिंह र कोषाध्यक्षमा सुष्मा गिरी र सह सचिवमा बसन्त न्यौपानेलाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै सल्लाहकारमा चिरीञ्जीवि रिजाल,उत्तमकुमार श्रेष्ठ,खीमप्रसाद खराल,बलदेव शर्मा,कृष्ण प्रसाद आचार्यलाई मनोनयन गरिएको छ ।
३२ वटा बिभिन्न उपसमितिको संयोजक पनि तोकिएको छ । प्रचार प्रसार उपसमितिको संयोजकमा पत्रकार सुशील बस्नेत,अर्थ संकलन उपसमितिको संयोजकमा सल्लाहाकारबाट एक जना संयोजक रहने, जन सम्पर्क तथा दाता पहिचान सुरेश हमाल, बिद्यालय समन्वय संयोजक चक्र भण्डारी, युवा परिचालन अरुण लहरे,आध्यात्मिक तथा पर्यटन झरेन्द्र खरेल,खानेपानी,बिद्युत आपुर्ति तुलसीपुर खानेपानी समिति, राजनीतिक दल समन्वय समितिको संयोजक रञ्जन गौतम, संघ संस्था समन्वय माया श्रेष्ठ, प्राथमिक उपचार लायन्स क्लव, सरसफाई संयोजक खेमकान्त पाण्डे, अन्तराष्ट्रिय सम्बन्ध मानबहादुर गुरुङ,यातायात सेवा पवन बुढाथोकी, अर्थ संकलन ध्रुव गौतमलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै सचिवालय ब्यबस्थापन उपसमितिमा बिष्णुप्रसाद आचार्य,आर्थक ब्यबस्थापन नरेश राजभण्डारी, कार्यक्रम स्थल मञ्च ब्यबस्थापन गोर्कण गिरी, अतिथी सत्कार सुष्मा जिसी,पाहुनाका लागि खाना खाजा खरिद,भान्सा ब्यबस्थापन गोरख वली,सेलिब्रेटि पहिचान मानव सेवा आश्रम तुलसीपुर,दाता सम्मान तथा सामाग्री ब्यबस्थापन सचिवालय, सामाजिक सञ्चालन पत्रकार शरद रेग्मी लगायतलाई जिम्मेवारी तोकिएको छ ।
तुलसीपुर ४ कालिका मन्दीर परिसर क्षेत्रको १ बिगाह बढि क्षेत्रफल उपलब्ध गराउने सहमति भएको स्थानीय श्रवण कुमार आचार्यले जानकारी दिनुभयो । कालिका सामुदायिक वन, कालिका प्राथामिक बिद्यालय र कालिका मन्दीरको बाँकी जमिन समेत आबश्यकता अनुसार उपलब्ध गराउन सकिने उहाँको भनाई छ । महापुराणबाट संकलन भएको रकमले हाल सम्झौता भए अनुसारको एक बिगाह साँढे २ कठ्ठा जमिनमा कम्पाउण्ड सहित करिव १५ करोड रुपैयाको लागतमा एक सय सय ५० जना आश्रीतलाई सेवा दिने र ५० लाई आवासीय सेवा सहित मानवता अध्ययन केन्द्र सञ्चानल गर्ने गरि आश्रम निर्माण गरिने मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *