श्रावण २
आर्थिक वर्ष २०८१|०८२ मा दाङ जिल्लामा आएको १० अर्ब ९२ करोड ८८ लाख ३९ हजार पाँच सय एक रुपैयाँ विकास बजेटमा आठ अर्ब ५२ करोड २० लाख सात हजार छ सय नौ रुपैयाँ ३८ पैसा खर्च भएको छ ।
संघीय र प्रदेश सरकारबाट आएको पूँजीगत बजेटमध्ये २२ दशमलव ०२ प्रतिशत खर्च हुन नसकेर फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ । अर्थात दुई अर्ब ४० करोड ६८ लाख ३१ हजार आठ सय ९१ रुपैयाँ ६२ पैसा विकास बजेट फ्रिज भएको छ ।
संघीय कार्यालयको पूँजीगततर्फ एक अर्ब ३० करोड ३३ लाख ३४ हजार दुई सय ६८ रुपैयाँ ६६ पैसा फ्रिज भएको छ भने प्रदेशअन्तर्गत एक अर्ब १० करोड ३४ लाख ९७ हजार पाँच सय ९१ रुपैयाँ ६६ पैसा विकास बजेट फ्रिज भएको हो । दाङमा आर्थिक वर्ष ०८१÷०८२ मा संघीय सरकारबाट पूँजीगत बजेट चार अर्ब ६४ करोड ५६ लाख ८४
हजार चार सय रुपैयाँ प्राप्त भएको थियो । जसमध्ये तीन अर्ब ३४ करोड २३ लाख ५० हजार एक सय ३१ रुपैयाँ ३४ पैसा खर्च भएको छ । जुन ७१।९५ प्रतिशत हो । त्यस्तै प्रदेश सरकारबाट प्राप्त पूँजीगततर्फ छ अर्ब २८ करोड ३१ लाख ५५ हजार एक सय एक रुपैयाँमा पाँच अर्ब १७ करोड ९६ लाख ५७ हजार चार सय ७८ रुपैयाँ ०४ पैसा खर्च भएको छ । जुन ८२।४४ प्रतिशत हो ।
दाङमा गत आर्थिक वर्ष २०८०÷०८१ मा दुई अर्ब सात करोड ६७ लाख तीन हजार दुई सय २९ रुपैयाँ विकास बजेट फ्रिज भएको थियो । संघीय र प्रदेश सरकारबाट आएको पूँजीगत बजेटमध्ये ३० प्रतिशत खर्च हुन नसकेर पोहोर फिर्ता भएको थियो । संघीय कार्यालयको पूँजीगततर्फ एक अर्ब १६ करोड ९९ लाख १७ हजार छ सय ३६ रुपैयाँ र प्रदेशअन्तगर्त ९० करोड ६७ लाख ८५ हजार पाँच सय ९३ रुपैयाँ विकास बजेट प्रदेशतर्फको गत वर्ष फ्रिज भएको थियो । दाङमा आर्थिक वर्ष ०८०÷०८१ मा संघीय सरकारबाट पूँजीगत बजेट चार अर्ब छ करोड ७३ लाख ६२ हजार रुपैयाँ प्राप्त भएकोमा दुई अर्ब ८९ करोड ७४ लाख ४४ हजार तीन सय ६५ रुपैयाँ खर्च भएको थियो । जुन ७१।२४ प्रतिशत हो । त्यस्तै प्रदेश सरकारबाट प्राप्त पूँजीगततर्फको दुई अर्ब ८७ करोड ५९ लाख ५३ हजार रुपैयाँमा एक अर्ब ९६ करोड ९१ लाख ६७ हजार चार सय सात रुपैयाँ अर्थात ६८।४७ प्रतिशत खर्च भएको थियो ।
विकास बजेटको अवस्था हेर्दा संघीय कार्यालयतर्फ सबै भन्दा धेरै जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर ६ को ५७ करोड ८९ लाख ७१ हजार तीन सय ७५ रुपैयाँ ७२ पैसा फ्रिज भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना घोराहीको ३८ करोड ६६ लाख ३८ हजार छ सय ४३ रुपैयाँ फ्रिज भएको छ । त्यस्तै भालुबाङ–बाग्दुला–भीमगिठे–चन्द्रौटा–कृष्णनगर, लमही–घोराही–तुलसीपुर सडक योजनाको २२ करोड २७ लाख ५६ हजार आठ सय ४० रुपैयाँ ०४ पैसा, सडक डिभिजन दाङको पाँच करोड पाँच लाख ३९ हजार छ सय १६ रुपैयाँ २१ पैसा, बृहत दाङ उपत्यका सिंचाई आयोजनाको ३५ लाख ४२ हजार दुई सय ७१ रुपैयाँ, प्रगन्ना तथा बड्कापथ सिंचाई आयोजनाको १७ लाख २८ हजार पाँच सय ३७ रुपैयाँ फ्रिज भएको छ ।
विकास बजेटमा प्रदेशतर्फका कार्यालयहरुको अवस्था हेर्दा सडक पूर्वाधार विकास कार्यालयको १९ करोड ३७ लाख ९२ हजार आठ सय ९७ रुपैयाँ पूँजीगत बजेट फ्रिज भएको छ । शहरी विकास तथा भवन कार्यालयको १६ करोड ४३ लाख ३१ हजार आठ सय ६५ रुपैयाँ फ्रिज भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको एक करोड २५ लाख ४९ हजार चार सय २४ रुपैयाँ फ्रिज भएको छ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको एक करोड १९ लाख ५१ हजार चार सय ५१ रुपैयाँ, सामाजिक विकास डिभिजन कार्यालयको पाँच करोड ३८ लाख ९० हजार ३३ रुपैयाँ खर्च नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा आएको पूँजीगत बजेटमध्ये १६ लाख ९२ हजार नौ सय ३७ रुपैयाँ २५ पैसा फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक मोहनकुमार जैसवालले जानकारी दिनुभयो ।

