प्रबृत्ति शाह
दाङ तुलसीपुर, २४ असार

तुलसीपुुर उपमहानगरपालिका वडा नम्वर ५ ले टोल बिकास संस्थाका महिलाहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि तालिम दिएको छ । गत असार १९ गते देखि शुरु गरिएको तालिममा बिभिन्न १३ वटा वडाका ४० जना अगुवा महिलाहरुको सहभागिता रहेको थियो । ५ दिने उक्त तालिममा महिलालाई योजना निर्माण प्रक्रियाका चरण,संबैधानिक ब्यबस्थामा महिलाहरुको सहभागिता,प्रजनन स्वास्थ्य सम्बन्धि अधिकार, महिला हिंसा र कानूनी ब्यबस्था लगायतका बिषयमा तालिम दिईएको वडा नम्वर ५का अध्यक्ष बिरेन्द्र कुमार शाहले जानकारी दिनुभयो । टोल बिकास संस्थाका महिलाहरुको रुचि र आबश्यकता अनुसार तालिमको आयोजना गरिएको वडा सदस्य मधुमालति सुनारले जानकारी दिनुभयो । तालिम समापन कार्यक्रम मंगलबार तुलसीपुरमा भएको थियो ।
वडा अध्यक्ष बिरेन्द्र कुमार शाहको अध्यक्षतामा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खडकाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथी खडकाले सीप सिकेर ब्यबहारमा लागु गर्नुपर्ने बताउनुभयो । मानिसका लागि महत्वपुर्ण सीप बोल्ने कला पनि हो, उहाँले भन्नुभयो । बोलिबाट सम्बन्ध बन्छ, र ब्यक्तित्व विकास हुन्छ, नगरपप्रमुख खडकाले भन्नुभयो । तर बोल्ने कलाले मात्र नहुने भएको उत्पादनशिल सीपको पनि हुनुपर्नेमा जोड दिनुभयो । त्यसले मानिसको जिविकोपार्जन र आर्थिक बिकासमा मद्धत गर्छ, उहाले भन्नुभयो ।
सो अवसरमा वडा नम्वर ५ का सदस्यहरु मधुमालति सुनार,लालमती भण्डारी,भिमबहादुर केसी र युवराज परियारले वडाले सञ्चालन गरेका अचार बनाउने, गुडिया बनाउने र पोते बनाउने तालिमको बारेमा जानकारी गराउनुभएको थियो ।
परिचय दिन नसक्ने अबस्थामा रहेकोमा तालिम पश्च्यात मञ्चमा उभिएर भाषण गर्न सक्ने अबस्थामा पुगेको भन्दै सहभागिहरुले खुशी ब्यक्त गरेका थिए । नजानेको कुरा जाने आत्मबिश्वस बढ्ने रहेछ र बोल्ने कुला भए भाषण गर्न र कार्यक्रम चलाउन सकिदो रहेछ भन्दै सहभागिहरुले खुशी ब्यक्त गरेका थिए । सहभागिको तर्फबाट चम्पा बिक, रुपसीला केसी, अनीता नेपाली, दिपा परियार, सन्ध्या परियार, बिमला विकले तालिमबाट सिकेको सिपको बारेमा चर्चा गर्नुभएको थियो । तालिमको सहजकर्तामा पत्रकार एबम अधिकारकर्मी सुशील बस्नेत र अधिकारकर्मी निर्मल नेपाली हुनुहुन्थ्यो । समापन कार्यक्रममा सहभागि दिपा खत्रीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन वडा कार्यालयका सचिव सञ्जय गुप्ता र सहभागि बिपना न्यौपानेले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *