दाङ तुलसीपुर, १९ असार

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ ले महिलाहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि तालिम दिन शुरु गरेको छ ।
वडा नम्वर ५ का बिभिन्न टोल विकास समितिका ४० जना महिलालाई बुधबारदेखि ५ दिन सम्म तालिम दिन शुरु गरिएको वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले जानकारी दिनुभयो । तालिमले हरेक ब्यक्तिको आचार,ब्यबहार र आत्मबिश्वासको विकास गर्छ, त्यसैले समुदायका अगुवा महिलाहरुलाई तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो । वडा नम्वर ५ का सदस्य लालमति भण्डारीले आफ्ना कुरा ढुक्क प्रस्तुत गर्न सक्नुपर्नेमा जोड दिनुभयो । हामीमा अझै पनि बोल्ने अभ्यास नहुदा समस्या महसुस गर्दछौ , तालिमले बोल्ने कलाको सिप पनि सिकाउने बताउनुभयो ।
तालिम उद्घाटन कार्यक्रम वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहको अध्यक्षतामा भएको थियो । तालिमको प्रशिक्षकमा अधिकारकर्मी एबम पत्रकार सुशील बस्नेत र दलित अधिकारकर्मी निर्मल नेपाली हुनुहुन्छ । तालिम उद्घाटन कार्यक्रमको सञ्चालन वडा कार्यालयका सचिव सञ्जय कुमार गुप्ताले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *