तुलसीपुर,१४ असार
देशका सुनचाँदी ब्यबसायीहरुले आज शुक्रबारदेखि पसल बन्द गरेका छन् । सुन खरीदमा २ प्रतिशत बिलासीता सम्बन्धि,हिरा तथा बहुमुल्य रत्न पथ्थरमा १३ प्रतिशत भ्याट लागु गर्न लागेको बिरोधमा ब्यबसायहरु बन्द गरिएको दाङ तुलसीपुर सुनचाँदी ब्यबसायी संघका महसचिव तुलसीराम सुनारले जानकारी दिनुभयो । नेपाल सुनचाँदी ब्यबसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आह्वानमा सुनचाँदी ब्यबसायहरुले आजदेखि अनिश्चितकालीन बन्द गरिएका हुन ।
सरकारले गत जेठ १५ गते ल्याएको आर्थिक बर्ष २०८२ ÷८३ को बजेटमा कर सम्बन्धि गरिएको ब्यबस्थामा सुन खरिदमा २ प्रतिशत र हिरा तथा बहुमुल्य रत्न पथ्थरमा १३ प्रतिशत भ्याट लगाउने सार्वजनिक भएपछि ब्यबसायीहरु असन्तुष्ट भएका हुन । यसबाट मुलुकको ब्यबसायमा नकारात्कक असर पर्ने तर यसबाट उपयोक्ताहरुले छिमेकी राष्ट्र भारतका सुनचाँदी तथा बहुमुल्य रत्न पथ्थर खरिद गर्न जाने आशंका ब्यक्त गरिएको छ । जसका कारण नेपालको आर्थिक अबस्थामा नकारात्मक असर पर्न जाने आकलन ब्यबसायिहरुले गरेका छन् । उक्त कर लागु नगर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई महासंघका प्रतिनिधीहरुले गत असार ३ गते बालुवाटरमा गई भेट गरेका थिए । त्यस अघि संघीय सरकारका प्रतिनिधी प्रमुख जिल्ला अधिकारीलाई बिभिन्न जिल्ला सदरमुकाममा गई भेट गरि ध्यानाकर्षण पत्र बुझाएका महासंघले जनाएको छ ।
