श्रावण १७

घोराही–लमही सडक खण्डको मसोट खोलामा रहेको पुलको आकस्मिक मर्मत गर्नुपर्ने भएकाले ३ दिन सम्म सडक बन्द हुने भएको छ ।
उक्त सडक खण्ड साउन २१ गतेदेखि २४ गतेसम्म सडक बन्द गर्न लागेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङमा सरोकारवालाबीच भएको छलफलले ३ दिन सडक बन्द गरि निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षतामा बसेको बैठकले पुल मर्मत गर्नुपर्ने र सो समयमा दुई पांग्रे सवारी साधन भने चल्ने दिने निर्णय भएको छ । साउन २१ गते बिहान ७ बजेदेखि साउन २४ गते बिहान ७ बजेसम्म दुईपांग्रे सवारीबाहेक अरु सबै यातायातका साधन बन्द हुनेछन् ।
सो अवधिमा वैकल्पिक बाटो अपनाउन आग्रह गरिएको छ । त्यसका लागि अर्जुनखोला–अमेलिया–तुलसीपुर– घोराहीको सडक प्रयोग गर्न आग्रह गरिएको छ । त्यसका लागि ट्राफिक प्रहरीले व्यवस्थापनको भूमिका खेल्नेछ । साथै मसोट खोला पुल मर्मत हुँदासम्म डाइभर्सन निर्माणको काम पनि सडक डिभिजन कार्यालयले गर्ने र अत्यावश्यकीय सवारी साधन आवागमनको व्यवस्थापन ट्राफिक प्रहरीले मिलाउने निर्णय भएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *