दाङ
घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र बहादुर शाह अध्यक्ष पदबाट दिएको राजिनामा स्वीकृत भएको छ | घोराही उपमहानगरपालिकाको आज घोराहीमा बसेको कार्यपालिका बैठकले अध्यक्ष शाहले दिएको राजीनामा स्वीकृत गरिएको हो |
नगर प्रमुख नरुलाल चौधरीले वडामा भने जति बजेट नदिएको भन्दै शाहले २०८० साल असार १२ गते राजीनामा बुझाउनुभएकोBथियो । तर, राजीनामा स्वीकृत नभएपछि शाहले नियमित कार्यसम्पादन गर्दै आउनुभएको थियो |
आफुले दिएको राजीनामा स्वीकृत भएको जानकारी नपाएका शाह कार्यपालिकाको बैठकमा प्रवेश गर्दा नगर प्रमुख चौधरीले प्रवेश रोक लगाउनु भएको थियो | आफू पदमुक्त भएको त्यस बेला मात्र उहाले थाह पाउनु भएको थियो |
यो विषयमा सामाजिक सञ्जालमा स्टाटस लेख्दै शाहले आफूलाई नगरप्रमुखले हप्काएको बताउनु भएको छ । शाहका अनुसार नगरप्रमुख चौधरीले उनलाई ‘धेरै बोल्ने होइन, बाहिर निस्कनुस् भन्दै हपार्नु भएको थियो |
उहा लेख्नुभएको छ, ‘कार्यपालिकाको बैठक ७ बजे थियो, म बिहान ५ बजे घोराही १५ मा रहेको तरकारी बजार पुगेर त्यहाँको समस्या बुझेँ । अनि कार्यपालिकाको बैठकमा भित्र जान खोज्दा नगर प्रमुखज्यूले रिसाएर ‘बस्न पाउनुहुन्न आउट’ भन्नुभयो । मैले किन मेयर साब ? भन्दा ‘तपाईँको २०८०-३-११ गते दिएको राजीनामा पत्रअनुसार स्वीकृत भइसक्यो’ भन्नुभयो ।’
उक्त पत्रमा यसअघि नगर प्रमुख चौधरीले हस्ताक्षर नभएको बताइरहे पनि अहिले स्वीकृत गरेकोप्रति वडाध्यक्ष शाहले असन्तुष्टि जनाउनु भएको छ ।
‘मैले साइन गरेको छैन भन्नुभएको होइन र भन्दा ‘धेरै बोल्ने होइन, बाहिर निस्किनुस्’ भन्नुभयो । मैले धन्यवाद दिएर निस्किएँ,’ उहाले भन्नुभयो ।

