१७ वटा विद्यार्थी संगठनले निःशुल्क शिक्षा माग राख्दै आन्दोलनको घोषणा

भदौ १६ गते

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका १७ वटा विद्यार्थी संगठनले अनिवार्य तथा निःशुल्क शिक्षाको माग राखेर आन्दोलन घोषणा गरेका छन्।
‘संविधानमा व्यवस्था भए बमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा पूर्ण निःशुल्क पाउने व्यवस्था अविलम्व अक्षरशः कार्यान्वयन गर्न जोडदार माग गर्दछौं,’ संयुक्त वक्तव्यमा भनिएको छ।
निजीकरण र व्यापारिकरणलाई पूर्णरुपमा निर्मुल गर्न सेवामुखी बनाउने संगठनहरूको माग छ। शिक्षामा कूल बजेटको न्यूनतम २० प्रतिशत निनियोजन गर्न पनि माग गरेका छन् ।
शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायत राज्य कोषबाट सेवा सुविधा लिनेका छोराछोरीलाई सामुदायिकमा पढाउनु पर्ने व्यवस्था विद्यालय शिक्षा विधेयकमा समेट्न माग गरेका छन्।
ईसीडीमा पढाउनेलाई शिक्षकको रुपमा कायम गर्नुपर्नेमा संगठनहरूको जोड छ । यि माग राखेर उनीहरूले आन्दोलन घोषणा गरेका हुन्।
आन्दोलनका कार्यक्रम अन्तर्गत राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने जनाएका छन् । सडकमा प्रदर्शन गर्ने लगायतका आन्दोलनका कार्यक्रम संगठनहरूले सार्वजनिक गरेका छन्।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *